०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

सामाजिक काममा हिन्दू स्वयंसेवक संघ नेपाल, बर्जुका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, माघ १८, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

बर्जु। हिन्दू स्वयंसेवक संघ नेपाल, बर्जु, सुनसरीले बर्जु गाउँपालिका वडा नं. – ५, सितागञ्ज स्थित रहेको श्री सार्वजनिक राष्टिय अधारभुत विद्यालयमा अध्यनरत बिपन्न परिवारका ५० जना बिद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेको छ ।

बिराटनगर निवासी उध्योगि व्यवसाई तथा समाजसेवी देवेनरा मुन्दडाको सौजन्य तथा हिन्दू स्वयंसेवक संघ नेपालको सहकार्यमा न्यानो लुगा बितरण गरिएको हो ।

समाजलाई एक ढिक्कामा बाँध्दै बिभिन्न धार्मिक तथा समाजिक कार्य गर्दै आइरहेको हिन्दू स्वयंसेवक संघ नेपालले देश भरी नै आफ्नो सेवा कार्य गर्दै आइरहेको छ। सोही अनुरुप न्यानो लुगा बितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बर्जु गाउँपालिका अध्यक्ष जिवक्ष कुमार रायले न्यानो लुगा वितरण कार्यको प्रसंसा गर्नु भएको थियो । समाजिक कार्य प्रति घट्दै गईरहेको जन भावनाका बिच हिन्दू स्वयंसेवक संघ नेपालले गरेको सेवा कार्य निकै समय सान्दर्भिक रहेको बताउनु भयो । पालिका अध्यक्ष रायले आफु स्वयं २०३६ साल देखि संघमा जुटेर निरन्तर कार्य गर्दे भारतमा बसेर पनि कार्य गरेको अनुभव साझा गदै संघमा लागेका स्वयंसेवकहरु निरन्तर निस्वार्थ भावले काम गर्ने भएकोले खुशी हुँदै धन्यवाद दिनु भएको थियो । आगामि दिनमा यस्तै सेवाकार्य गर्दै अगाडी बढ्न शुभकामना दिदै मैले गर्न सकिने सहयोग सधै गरि रहने प्रतिबद्धता समेत जनाउनु भयो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्र. अ. लक्ष्मी पोखरेलले यस विद्यालयमा आएर याहाँका विपन्न परिवारका बिद्यार्थिहरुलाई न्यानो लुगा वितरण गरी दिएकोमा संघ परिवारलाई धन्यवाद दिएका थिए ।

कायृक्रममा हिन्दू स्वयंसेवक संघ नेपालका सुनसरी जिल्ला सह कार्यवाह शन्तकुमार मेहता, देवानगञ्ज गाउँपालिका बौध्दिक प्रमुख गुलावचन्द मेहता, हरिनगर, देवानगञ्ज तथा बर्जु कार्यवाह ब्रहमदेव मेहता, बर्जु कार्यवाह मनोज भोले यादव, सह कार्यवाह चन्द्रनारायण साह, विद्यालय व्सवस्थापन समिति अध्यक्ष प्रमोद कुमार पासवान लगायत स्थानिय शिक्षक, विद्यार्थी एवम् समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]