०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

दुहबीमा सडक बिस्तारका नाममा नीजि सम्पत्ति मास्न खोजिएको भन्दै स्थानीयवासी सत्याग्रहमा

Logo
अजित झा प्रकाशित शुक्रबार, फाल्गुण १८, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरीको दुहबी नगरपालिकामा सडक बिस्तारका नाममा नीजि सम्पत्ति मास्न खोजिएको भन्दै स्थानीयवासीले आजबाट सत्याग्रह सुरु गरेको छ ।

सडक बिभाग रानी इटहरी धरान धनकुटा सडक योजनाको कदमको बिरोधमा रहेका दुहवी बजार क्षेत्रका ६३० मिटर द्यग्क्ष्ीत् ग्ए ब्च्भ्ब् का बासिन्दाले सर्वोच्चको अन्तरिक आदेशको पालनामा जोड दिदै सत्याग्रह सुरु गरेका हुन् ।

सवोच्चको अन्तरिक आदेशको पालनामा सडक बिभागको ध्यानाकर्षण गराउँदै सत्याग्रह थालेको दुहबी बजार बचाऔं नामको संयुक्त संघर्ष समितिले अदालतको निर्णय अक्षरस पालना हुनु पर्र्नेमा जोड दिएको छ ।

सडक बिभागको संरचना खालि गर्ने आशयको सार्वजनिक सूचना उपर सर्वोच्च अदालतबाट तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनेकाले सोको कार्वान्वयन होस भन्ने एकमात्र माग रहेको संघर्ष समितिका संयोजक मुरलीप्रसाद अग्रहरीले बताउनुभयो ।

सडक बिभागले सर्वोच्चको आदेशको उल्लंघन नगर्नेमा ढुक्क रहेको बताउनुहुदै सत्याग्रह केवल सर्वोच्च अदालतको आदेश पालना होस र गराइयोस भन्ने सवालमा सरोकारवालाको ध्यानाकर्षण केन्द्रित रहेको उहाँले बताउनुभयो । आफुहरुको ध्यानाकर्षण केन्द्रित अभियानलाई निरन्तरता दिइने समेत बताउनुभयो ।

आजको सत्याग्रहकका क्रममा बजार क्षेत्रका ब्यापारीले ब्यापार व्यवसाय बन्द गरेर समर्थन जनाएका थिए । दुहबी बजार बचाऔं संघर्ष समितिले बजार क्षेत्रमा थालेको सत्याग्रहलाई क्रमशः अघि बढाउदै लगिने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]