०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

इटहरी आगलागीमा परी एक जनाको मृत्मु

Logo
अजित झा प्रकाशित आइतबार, फाल्गुण २०, २०८०

तस्विर : फाईल

इनरुवा । सुनसरीको इटहरीमा गएराति भएको आगलागीमा परि एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी–६ का ५२ बर्षीया गोपी माया कटुवाल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । स्थानीय विष्णु खड्काको घरमा भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कटुवाल छोरा बुहारीसँग डेरामा बस्दै आएकी थिइन । छोरा बुहारीसँग बस्दै आएकी कटुवालले आफैले आगो लगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । कटुवाल पहिले देखिनै मानसिक चिन्ता सम्बन्धी औषधी सेवान गर्दै आउनुभएको र कोठामा एकलै सुतेका बेलामा भित्रबाट कोठा बन्द रहेको थियो ।

छोरा बुहारी सुतेको कोठामा ताला लगाएर कट्टुवालले कोठामा आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । घटनाको बिषयमा अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीबाट कटुवाल सुतेको कोठामा मात्रै क्षति भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]