०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

यूएईमा ७५ वर्षयताकै उच्च वर्षा: सडकमा बाढी, घरभित्रै सुरक्षित बस्न आग्रह

Logo
एजेन्सी प्रकाशित बिहिबार, बैशाख ०६, २०८१

संयुक्त अरब इमिरेट्स (यूएई)मा ७५ वर्षयताकै उच्च वर्षा भएको छ । ‘खातम अल शक्ला’ क्षेत्रमा २ सय ५४ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । सन् १९४९ मा डाटा सङ्कलन शुरु भएदेखि दस्तावेज गरिएको तथ्याङ्कलाई पार गर्ने गरी वर्षा मापन भएको त्यहाँको राष्ट्रिय मौसम केन्द्रले जनाएको छ । सडकमा बाढी आएको छ । केही सडक भत्किएका छन्  ।

भारी वर्षापछि राष्ट्रिय आपतकालीन सङ्कट र प्रकोप व्यवस्थापन प्राधिकरणले अत्यावश्यक अवस्थाबाहेक घर नछोड्न सचेत गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । जलमग्न सडकमा गाडी चलाउँदा बिग्रिने जोखिम भएकाले गाडी तथा अन्य साधन जोखिम क्षेत्रबाट टाढा सुरक्षित ठाउँमा पार्क गर्न सुझाव दिइएको छ ।

कतिपयले आफ्नो गाडी बिग्रेको गुनासो गरेका छन् । कतै कतै बिजुली पनि कटौती भएको छ । कीर्तिमानी वर्षा जलवायु इतिहासमा असाधारण घटना भएको केन्द्रले जनाएको छ । प्रतिकूल मौसमको व्यवस्थापन गर्न कठिनाइ भैरहेको विपद् विज्ञले बताएका छन् ।

दुबईमा सडक यातायात र हवाई सेवासमेत अवरुद्ध भएको छ । यूएई र आसपासका देशमा हिजोदेखि नै भारी वर्षा भैरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भारत । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ । दैनिक भाष्करका अनुसार आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ, यद्यपि नेपाली नियोग र सरकारले पुष्टि गरेका छैनन् । पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । स्वीट्जरल्यान्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि […]

जनआन्दोलनपछि आफ्नो सुरक्षा चुनौती बढेपछि देश छाडेर भागेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफूले देश छाड्नु परेको कारण बारे मुख खोलेकी छन् । बंगलादेशबाट निर्वासित भई भारतमा शरण लिइरहेकी हसिनाले देश छाडेको झन्डै एक सातापछि अमेरिकाले आफूलाई सत्ताबाट हटाएको आरोप लगाएकी छन् । सेन्ट मार्टिन टापु नछोडेकाले सत्ताबाट हटाउने योजना बनाइएको उनले बताएकी छन् । […]

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेको केही घण्टापछि राजधानी ढाकाका एक व्यक्तिलाई अत्तालिएकी आफ्नी बहिनीको फोन आयो। अविरुप सरकार एक बंगलादेशी हिन्दु हुन्, जो ९० प्रतिशत मुस्लिम जनसङ्ख्या भएको देशमा बस्छन्। अविरुपकी बहिनीको श्रीमान् बितिसकेका र उनी संयुक्त परिवारमा बस्छन्। यो परिवार ढाकाबाट करिब १०० किलोमिटर टाढा नदीले घेरिएको जिल्ला नेत्रोकोनामा […]