०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

दाजुभाइ कृषि फर्मले २ सय सिलिन्डर बाट सुरु गरेको च्याउ खेती अहिले ८ हजार

Logo
सुरेन्द्र कुशवाहा प्रकाशित शुक्रबार, पुष १२, २०८१

तस्विर : नमो अनलाईन

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन ।

वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो।

पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले ८ हजार सिलिन्डरलगाइएको दाजु भाइ कृषि फर्मका संचालक रोसन गुप्ता जानकारी दिनु भएको छ ।

च्याउ खेती गर्नका लागि १० कठ्ठा जग्गा भाडामा लिइएको छ । भने पराल र दाउरा समेत स्टोकमा राखेको जानकारी दिए।
साथै १० जना मजदुरहरुलाई समेत रोजगारी दिइएका हुन।

कृषि फर्म संचालक गुप्ताका अनुसार उत्पादन गरेको च्याउ बिक्री गर्नका लागि इनरुवा राम जानकी गूठी हटिया , झुम्का र बाङे लगायतका बजारमा विक्री गर्दै आउनु साथै बजारीकरणको कुनै पनि समस्या नरहेको उहाले बताउनु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]