०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

दादुरा–रुवेला बिरुद्धको खोप अभियानमा सबैलाई सहभागी हुन नगरप्रमुख भण्डारीको आह्वान

Logo
अजित झा प्रकाशित मंगलबार, फाल्गुण २२, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले दादुरा–रुवेला बिरुद्धको खोप अभियानमा सबैलाई सहभागी हुन आह्वान गर्नुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवा–१० जल्पापुरबाट मङगलबार खोप अभियान कार्यक्रमको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगरप्र्रमुख भण्डारीले यस्तो आह्वान गर्नुभएको हो । उहाँले खोप लगाएपछि बालबालिकालाई रोग नलाग्ने भएकाले सबैलाई यो अभियान कार्यक्रममा सहभागीताका लागि आग्रह गर्नुभयो ।

खोप लगाएको खण्डमा बालबालिकामा समान्य समस्या देखापरेपनि अन्य कुनै किसिमको समस्या नहुने समेत उहाँले बिश्वास दिलाउनुभयो । बालबालिका आउने दिनको अभिव्य भएको बताउनुहुदै बिभिन्न रोगबाट मुक्ति पाउन र रोग लागन नदिनका लागि खोप कार्यक्रम उपयोगी भएको बताउनुभयो ।

उहाँले नगरपालिकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै खोप अभिायन कार्यक्रम सञ्चालन गरेको बेलामा ९ महिना देखि १५ बर्ष सम्मका उमेर समुहका आफ्ना बालबालिकालाई खोप लगाउनका लागि आग्रह गर्नुहुदै गाउँ समाजमा रहेका र लगाउन नपाएका बालबालिकालाई समेत खोप लाउनका लागि ल्याउन अपिल गर्नुभयो ।

नगर क्षेत्रमा रहेका सम्पूर्ण स्वास्थ्य संस्थामा सरकारले निःशुल्क रुपमा दिदै आएको औषधी व्यवस्था गरेको समेत प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

पछिल्लो समय नगरपालिकाले नगर क्षेत्रमा रहेका बिभिन्न समस्याको समाधान गर्दै अगाडि बढेको बताउनुहुदै कुनै समस्या भएको खण्डमा नगरपालिकामा आउनका लागि समेत नगरवासीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा इनरुवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख निखिल पोखरेल, स्वास्थ्य शाखाका सन्तोष देव, मिश्रिलाल मेहता लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]