०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

अहिलेको संविधानले महिला अधिकारलाई सुरक्षित गरेको छ : नगरप्र्रमुख भण्डारी

Logo
अजित झा प्रकाशित मंगलबार, फाल्गुण २२, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले अहिलेको संविधानले महिला अधिकारलाई सुरक्षित गरेको बताउनुभएको छ ।

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मङगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले देशको नीति निर्माणमा महिलाको महत्पूर्ण भुमिका रहेको बताउनुभयो । अहिलेको संविधान उत्कृष्ट भएको उल्लेख गर्नुहुदै प्रमुख भण्डारीले संविधानले समेत महिलाको हक–अधिकारलाई सुनिश्चित गरेको दाबी गर्नुभयो । महिला–पुरुष एक रथको दुई पाग्रा भएको बताउनुहुदै देश विकासका लागि महिलाको भुमिका उदाहरणीय रहेको बताउनुभयो । पुरुषलाई गालि गरेर महिला अधिकार प्राप्त नहुने उहाँले दाबी गर्नुभयो । अहिलेको संविधानले दोस्रो बिबाहको कल्पना समेत नगरेको बताउनुहुदै समाजमा भएको कुरितिलाई अन्त्य गर्नका लागि सबै महिला सशक्त भएर अगाडि बढनुपर्नेमा नगर प्रमुख भण्डारीले जोड दिनुभयो ।

अपाङ्गता भएका व्यक्तिलाई नगरपालिकाले बिषेश प्राथमिकतामा राखेर काम गरिरहेको प्रमुख भण्डारीले बताउनुभयो । इनरुवा नगरपालिकाले महिला उद्यमसिलताको क्षेत्रमा बिभिन्न किसिमको सिपमुलक तालिम प्रदान गर्दै आएको बताउनुभयो ।

 

उहाँले महिलालाई स्वरोजगार बनाउननका लागि सिलाई कटाई, व्युटिसियन, जुत्ता बनाउने लगायतका सिपमुलक तालिम प्रदान गर्नुका साथै सामग्री समेत प्रदान गरेको प्रमुख भण्डारीले बताउनुभयो । महिलालाई कृषि क्षेत्रमा आत्म निर्भर बनाउनका लागि कृषि सामग्री र औजार प्रदान गर्दै आएको र आउने दिनमा समेत यसलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा करिव १५ भन्दा बढी महिला श्रमिकलाई उपहार स्वरुप साडि,चोलो, पेटीकोट, कम्वल लगायतका सामग्री हस्तान्त्रण गरिएको थियो भने २ जना जेष्ठ महिला श्रमिकलाई दौसल्ला सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा इनरुवा नगरपालिकाका उप–प्रमुख बिनिताकुमारी मेहता, इनरुवा १ का वडाध्यक्ष प्रमोद पोखरेल, ५ का वडाअध्यक्ष अनिल पोखरेल, १० का वडा अध्यक्ष डाक्टर खलिल मंसुरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चाय, सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मी, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्रकुमार साह, नेपाली काङग्रेस इनरुवाका उप–सभापति बिनिता दाहाल लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]