०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

जनताको सेवा र विकासका लागि पदिय दम्भ त्याग्न प्रमुख भण्डारीको आग्रह

Logo
अजित झा प्रकाशित बुधबार, फाल्गुण ३०, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जनताको सेवा र विकासका लागि पदिय दम्भ त्याग्नका लागि आग्रह गर्नुभएको छ ।

इनरुवा नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न भएको एक दिने सुनसरी जिल्लाका न्यायिक समितिमा भएकासंगको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख भण्डारीले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले जनताको सेवा र विकास गर्नका लागि पद भन्दा पनि जुनसुकै ठाउमा बसेर गर्न सक्ने भएकाले त्यही हिसाबले लाग्नका लागि सबैलाई आग्रह गर्नुभयो ।

न्यायिक समितिले संगठित रुपमा लुज फोरम बनाएर काम गएकोमा प्रमुख भण्डारीले बधाई दिनुभयो । यो कार्यक्रमलाई निरन्तरता दिन, व्यवस्थापन पक्षलाई सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । न्यायिक समितिले जनताको उजुरीको न्यायसगैं सामाजिक न्यायको पक्षमा योगदान गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा धरान उपमहानगरपालिका उप–मेयर अईन्द्र विक्रम बेघा, इटहरी उपमहानगरपालिकाका उप–प्रमुख संगीत कुमारी चौधरी, इनरुवा नगरपालिका उपप्रमुख विनिता मेहता, बराहक्षेत्र नगरपालिका उपप्रमुख नन्द सुनुवार राई, देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमारी विभा यादव, कोशी गाउँपालिकाका उपाध्यक्ष अनिता देवि यादव, बर्जु गाउँपालिका नितु चौधरी, दुहबीका उपप्रमुख मेनुका खतिवडा पोखरेल, हरिनगरका उपाध्यक्ष रिमझिमकुमारी भगत, भोक्राहा नरसिंहका उपाध्यक्ष सुनिता उराँवको उपस्थिती रहेको थियो ।

न्यायिक समितिका संयोजक सहित स्थानीय तहका कानुनी सल्लाहकार, उजुरी प्रशासक, कर्मचारी एवम् पत्रकारको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा न्यायिक समितिको काम, कतव्र्य अधिकार सहित सम्पादन गरेको काम र समितिको सिकाईको बारेमा प्रस्तुतिकरण गरेको थियो ।

सुनसरी जिल्ला न्यायीक समिति बीचको एकदिने अन्तरकृया कार्यक्रममा न्यायिक समितिलाई सेवा प्रदायक संस्था जस्तो वडा तहमा स्थापित मेलमिलाप केन्द्र, जिल्ला तहको जिल्ला अदालत, प्रहरी कार्यालय, अर्धन्यायिक निकाय र न्याय क्षेत्रसँग सम्बन्धित अन्य निकायसँग जोड्न सक्ने न्यायको पहिलो रेखाका रूपमा परिकल्पना गरिएको जानकारी दिएको थियो ।

सुनसरीका स्थानीय तहका न्यायीक समिति एकिकृत भएर नयाँ अभ्यास सुरु गरिएको छ । जिल्लाका १२ स्थानीय तहका उपप्रमुखको नेतृत्वमा रहेको न्यायीक समितिको मासिक अभ्यास तथा अन्तरकृया गरेर सिकाई आदानप्रदान गर्ने नयाँ अभ्यासको थालनी भएको इनरुवा नगरपालिकाका उपप्रमुख बिनिताकुमारी मेहताले बताउनुभयो ।

एक स्थानीय तहको न्यायीक समितिले गरेको काम र अभ्यास अर्को स्थानीयतहका लागि सिकाई हुने तथा सुधार गर्नुपर्ने पक्षका बारेमा एकअर्कासगं सिकाई आदानप्रदान गर्ने मासिक अभ्यास थालेको इनरुवा उप–प्रमुख मेहताले जानकारी दिनुभयो ।

मासिक अन्तरकृया कार्यक्रम अन्तरगत सुनसरी जिल्ला न्यायिक समिति बीचको अन्तरकृया इनरुवा नगरपालिकाको आयोजनामा चौथौ कार्यक्रम सम्पन्न गरिएको मेहताले बताउनुभयो । यो देशमै पहिलो पटक नयाँ अभ्यास भएको मेहताको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]