०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

मासु-चिउरा र अन्य आश्वासनको पछि नलाग्नुहोस्ः मेयर साम्पाङ

Logo
नमो संवाददाता प्रकाशित बुधबार, बैशाख ०५, २०८१

तस्विर : नमो अनलाईन

इलाम । बिदाबाहेक सधैंजसो अनिवार्य कार्यालयमा उपस्थित हुने धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङ मंगलबार भने कार्यालयमा थिएनन् ।

उनी इलाममा हुने चुनावी सभालाई सम्बोधन गर्न इलाम पुगेका छन् । उनले इलाम पुगेर इलाम २ मा डकेन्द्रसिं थेगिमलाई भोट गर्न अपिल गरेका छन् । मङ्गलबार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले स्वतन्त्र उम्मेदवार थेगिमलाई भोट गर्न अपिल गरेका हुन् ।

उनले थेगिमको चुनाव चिह्न मुढामा मतदान गर्नु इतिहास लेखनमा जोडिनु भएको बताएका छन् । “मुढामा भोट गर्नुस् र इतिहास लेखनमा जोडिनुस् । इतिहास लेखनको एउटा अक्षर बन्नुस्,” साम्पाङले भने ।

अरु उम्मेदवारहरूले विभिन्न आश्वासन दिने उल्लेख गर्दै उनले भने, “यहाँ मासु, चिउरा, जागिर के-के हो के-के; धेरै आश्वासनहरू आउँछन् । तर, तपाईंहरू त्यसको पछि नलाग्नुस् । अरुको आसमा बाँच्नु पनि हुँदैन । स्वाभिमानी नेपाली अरुको आसमा बाँच्नुहुन्न । यो कुरा मनन गर्नुस् ।”
लोकतन्त्रमा सबैभन्दा ठूलो अधिकार मताधिकार भएको उनले बताए । “सबैसँग एउटै भोट हो । १० तलामाथि बस्नेको पनि त्यही एउटै भोट हो, भुइँमान्छेको पनि त्यही एउटै भोट हो । ५ वटा डिग्री भएको मान्छेसँग पनि हुने त्यही एउटा नै हो, साधारण नाम लेख्नेसँग हुने पनि त्यही एउटै हो । तपाईंहरूले आ-आफ्नो एउटा भोट सही ठाउँमा प्रयोग गर्नुस्,” उनले भने ।

वैशाख १५ मा इलाम २ मा हुने उपनिर्वाचनमा पहिचानवादीहरूको तर्फबाट स्वतन्त्ररूपमा थेगिमले उम्मेदवारी घोषणा गरेका छन् । त्यसबाहेक नेकपा (एमाले) का सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू, नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालगायत अरु पनि प्रतिस्पर्धामा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]