०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

अन्तर्राष्ट्रिय

भारतीय सेना र माओवादी बिचको भिडन्तमा १८ जनाको मृत्यु

दिल्ली । सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपूर्वी राज्य छत्तीसगढमा छापामारहरूको मृत्यु भएको हो। यो वर्ष भारतीय माओवादी समूहले प्रशासनसँगको झडपमा आफ्ना ७० भन्दा बढी लडाकुलाई गुमाउनुपरेको छ। बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टीलिङमले एएफपीलाई बताएअनुसार राज्यको छत्तिसगढको राजधानी रायपुरको दक्षिणमा पर्ने काँकर जिल्लामा १८ जनाको मृत्यु […]

अफगानिस्तानमा तीन दिनदेखिको मुसलधारे वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको ज्यान गएको छ । अफगानिस्तानको प्रकोप व्यवस्थापन विभागले हिजो विज्ञप्ति निकालेर शुक्रवारदेखि परेको पानीका कारण बाढी आउँदा तीन दिनमा ३३ जनाको ज्यान गएको जानकारी गराएको हो । अरु २७ जना घाइते भएका छन् । बाढीका कारण छ सय घर क्षतिग्रस्त  भएका छन् । यस्तै झण्डै […]

इनरुवा । हिन्दी सिनेमाका सुपरस्टार अभिनेता सलमान खानको मुम्बई बान्द्रा स्थित घर बाहिर दुई अज्ञान व्यक्तिले आइतबार गोली प्रहार गरेको छ । मुम्बई प्रहरीका अनुसार बान्द्रा स्थित अभिनेता सलमान खानको घर बाहिर आइतबार बिहान ५ बजेको समयमा फायरिङ गरेको बीबीसीको समाचारमा जनाइएको छ । घटना लगत्तै मुम्बई प्रहरीको क्राइम ब्रान्चको टिम घटनास्थल पुगेको प्रहरीले जनाएको […]

हालैका वर्षमा अन्टार्कटिकाले अभूतपूर्व ताप लहरहरूको शृंखला अनुभव गरेको छ । सन् २०२० को ६ फेब्रुअरीमा १८.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो, जुन महाद्वीपमा अहिलेसम्म देखिएको सबैभन्दा उच्च हो । सो तापमानले १७.५ डिग्री सेल्सियसको अघिल्लो कीर्तिमानलाई तोडेको थियो । फेब्रुअरी २०२२ को आसपास अन्टार्कटिकामा अर्को शक्तिशाली गर्मीको लहरले रेकर्ड तोड्दा सतहको बरफ पग्लियो । सोही वर्षको मार्चमा […]

सिड्नी । सिड्नीको एउटा व्यस्त सपिङ सेन्टरमा चक्कु बोकेको एक हमलाकारीले आक्रमण गर्दा नौ महिनाको शिशुसहित छ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । अज्ञात हमलाकारीले धेरै मानिसमाथि छुरा प्रहार गरेको र उसलाई पत्ता लगाएर एक महिला प्रहरीले गोली हानी उसको हत्या गरेको अस्ट्रेलियाली प्रहरीले बताएको छ । ती महिलालाई राष्ट्रिय […]

नयाँदिल्ली । भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना हुँदा त्यसमा सवार कम्तीमा छ जना विद्यार्थीको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । जि.एल. पब्लिक स्कुलका करिब ४० जना विद्यार्थी बोकेको बस कानिना क्षेत्रमा दुर्घटना भएको थियो । प्रारम्भिक रिपोर्टमा ड्राइभरले गाडी उच्च गतिमा लापरवाहीपूर्ण रुपमा चलाएका कारण […]

काठमाडौं । भारतीय अभिनेत्री राखी सावन्तविरूद्ध मानहानिको निवेदन दर्ता भएको छ। उनीविरूद्ध मुम्बई एनसिबीको पूर्व क्षेत्रीय निर्देशक समीर वानखेन्डेले मानहानिको निवेदन दिएका हुन्। राखीसँगै उनका वकिल काशिफ अली खानविरूद्ध पनि निवेदन दिएका छन्। समीरले राखीविरूद्ध आफ्नो छवि खराब गरेको आरोप लगाएका छन्। उनले यस मुद्दामा ११ लाख भारू क्षतिपूर्ति माग गरेका छन्। भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार समीरले […]

काठमाडौं ।  भारतको अडानी समूहले आफ्नो कूल लगानीको ७० प्रतिशतभन्दा धेरै हरित ऊर्जामा लगानी गर्ने अपेक्षा गरिएको स्रोतहरूले बताएका छन्। यसमा नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन र हरित निकासी प्रसारण लाइन समावेश छ। समूहले गुजरातको खावडामा विश्वको सबैभन्दा ठूलो नवीकरणीय पार्क बनाइरहेको छ। यो पाँच सय ३० वर्गकिलोमिटरभन्दा बढी भागमा फैलिएको छ। स्रोतका अनुसार अडानी समूहले […]

अजमेर । अजमेरको टाडा अदालतले सन् १९९३ मा देशका पाँच सहरमा भएका शृङ्खलाबद्ध बम विस्फोटको मुद्दामा बिहीबार आफ्नो फैसला सुनाएको छ । यस मुद्दामा अदालतले अब्दुल करिम टुन्डालाई सफाइ दिएको छ भने अन्य दुई जना हमेदुद्दीन र इरफानलाई आजीवन कारावासको सजाय सुनाएको हो । सन् १९९३ मा बाबरी मस्जिद ध्वस्त भएको वर्षगाँठमा मुम्बई, हैदरावाद, कानपुर, लखनऊ […]

पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको नोर्गाराम जिल्लामा आइतबार पहिरो जाँदा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको स्थानीय प्रशासक कारी हबिबुल्लाह साबिरले सोमबार बताएका छन्।अधिकारीका अनुसार आइतबार राति नोरगरम जिल्लाको तातिन दारा क्षेत्रमा भारी वर्षा र हिउँ परेपछि भएको दुर्घटनामा महिला तथा बालबालिकालगायतका धेरै व्यक्ति परेका छन्। उनीहरूका अनुसार उद्धार कार्य जारी छ। […]