०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

समाचार

इनरुवामा अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]

देवानगञ्ज । सुनसरको दक्षिण वर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाका वडा नं. २ बाट जबरजस्ती करणीको आरोपमा एक जना पक्राऊ परेको छ। देवानगञ्ज गाउँपालिकाका वडा नं. २ घर भएकी १७ बर्षीय नाबालिकालाई राति करिब २ बजेको समयमा जबरजस्ती करणी गरेको भन्दै हरिनगर गाउँपालिका वडा नम्बर – २ रामनगर भुटाहाका अन्दाजी बर्ष २९ को जावेद साफी पक्राउ परेको […]

विराटनगर । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सवार गाडीले कोशी प्रदेशका सांसद चढेको गाडीलाई मोरङको कानेपोखरीमा ठक्कर दिएको छ । सोमबार दिउँसो पूर्व जाँदै गरेको डीएसपी सवार बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगर आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार अर्को कारलाई ठक्कर दिएको थियो । गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, […]

देवानगञ्ज । कोशी प्रदेश स्थित देवानगञ्ज गाउँपालिका भित्रका सामुदायिक विद्यालयको शिक्षा स्तर सुधारको माग गर्दै पत्र बुझाएको छ। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ देवानगञ्ज शाखाले शिक्षा क्षेत्रको गुणस्तर सुधारको माग गर्दै गाउँपालिका शिक्षा शाखा प्रमुख दण्डि केशर खनाल समक्ष मागपत्र बुझाएको हो। महासंघका अध्यक्ष कुन्दन मेहताको नेतृत्वमा शिक्षा क्षेत्रका विविध समस्या र समाधानका सुझावसहितको मागपत्र […]

विराटनगर । कुशवाहा राष्ट्रसेवक समाज नेपाल, विराटनगरको आयोजनामा “युवाहरूलाई मनोपरामर्श एवम् जीवनवृति सम्बन्धी अभिमुखिकरण कार्यक्रम” सोमबार विराटनगरमा सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य युवाहरूमा आत्मविकास, मानसिक सुदृढीकरण र करियरबारे स्पष्टता दिलाउनु रहेको आयोजकले जनाएका छन्। विराटनगरस्थित जेष्ठ नागरिक सामुदायिक भवनमा आयोजित उक्त कार्यक्रमको सभाध्यक्षता समाजका अध्यक्ष रामखेलौन मेहताले गरेका थिए। कार्यक्रममा समाजका सल्लाहकार विरेन्द्र मेहता, प्राचार्य […]

बिराटनगर । गिरि फाउन्डेसनका अध्यक्ष अभिषेक गिरि हालै भारतको भ्रमणमा रहेका बेला उनलाई भारतीय युवानेता तथा सामाजिक अभियन्ताहरूको तर्फबाट विशेष सम्मानसाथ स्वागत गरिएको छ। भ्रमणको उद्देश्य नेपाल–भारत सम्बन्धलाई युवा स्तरमा अझ सशक्त बनाउनुका साथै सामाजिक, सांस्कृतिक र रणनीतिक सहकार्यलाई प्रोत्साहन गर्नु रहेको बताइएको छ। अध्यक्ष गिरिले भ्रमणका क्रममा भारतका विभिन्न युवा संगठन, सामाजिक संस्थाका प्रतिनिधिहरूसँग […]

हरिनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय हरिनगरद्वारा आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा लघुवित्त सेवा प्रयोगकर्तालाई सशक्त बनाउने, पारदर्शिता प्रवर्द्धन गर्ने र संस्थागत विश्वास पुनःस्थापित गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले पछिल्लो समय […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नंं.५ स्थित रहेको नमुना बिद्यालय अमरसिंह माध्यमिकलाई नयाँ स्कुल बस हस्तान्तरण गरिएको छ। सोमबार विद्यालय प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच बस हस्तान्तरण गरिएको हो। गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा स्थानीय जनप्रतिनिधिदेखि अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयमा टाढाटाढाबाट दैनिक […]