देवानगञ्ज । शिक्षा पहुँचलाई समावेशी बनाउँदै अगाडि बढिरहेको देवानगञ्ज गाउँपालिकाले वडा नं. ५ को समन्वयमा अमर सिंह माध्यमिक विद्यालय, देवानगञ्ज–५ मा अध्ययनरत कक्षा आठ उत्तीर्ण गरी हाल कक्षा ९ मा अध्ययनरत ६३ जना छात्रालाई साईकल वितरण गरेको छ। टाढाटाढाबाट विद्यालय आउनुपर्ने छात्राहरूको दैनिक आवागमनलाई सहज, सुरक्षित र समयमै सुनिश्चित गर्ने उद्देश्यले वितरण गरिएको साईकलले विद्यार्थीहरूमा […]
देवानगञ्ज । सुनसरी जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नं. ५ स्थित साहेबगञ्ज नाकामा तस्करी गतिविधि दिनप्रतिदिन तीब्र रुपमा बढ्दै गएको छ। भारतसँगको खुला सिमानाका कारण यो नाका वर्षौंदेखि संवेदनशील रहँदै आएको भए पनि पछिल्लो समय सुरक्षा निकायको लापरवाही तथा आन्तरिक मिलेमतोका कारण समस्या अझ गम्भीर बन्दै गएको छ। स्थानीयहरूका अनुसार सीमामा सुरक्षाको जिम्मेवारी […]
बिराटनगर । कोशी प्रदेशका दुई प्रमुख हिन्दू तीर्थस्थल—खोटाङको हलेसी महादेव मन्दिर र सुनसरीको बराहक्षेत्र मन्दिर—को विकास समितिमा सत्तारूढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच खुला राजनीतिक भागबण्डा भएको पुष्टि भएपछि गम्भीर बहस सुरु भएको छ। धार्मिकस्थलको पवित्रता, धर्मनिरपेक्षताको अभ्यास, र राज्यको भूमिकामाथि व्यापक प्रश्न उठेका छन्। राजनीतिक भागबण्डाको नयाँ अध्याय! सूत्रका अनुसार, हलेसी महादेवस्थान विकास […]
हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–७ का सज्जाद अंसारीलाई बन्दुकसहित पक्राउ गरिएको छ। आज केही बेर अगाडी घुस्की क्षेत्रमा दुई जनाबीच सामान्य भनाभनबाट सुरु भएको विवाद चर्किएपछि अंसारीले बन्दुक निकालेर आक्रमण गर्ने प्रयास गरेको आरोप लागेको छ। घटनास्थलमा रहेका स्थानीयवासीका अनुसार, दुई जनाबीच कुनै विषयमा भनाभन भइरहेको थियो। एक्कासी अंसारीले आक्रोशमा आएर साथमा ल्याएको बन्दुक झिकेपछि […]
बर्जु । नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षकहरू हाल शिक्षा ऐन जारी गर्ने लगायत विभिन्न मागसहित करिब एक महिनादेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। सोही आन्दोलनलाई निरन्तरता दिँदै बर्जु गाउँपालिकाका मातहत रहेका सामुदायिक विद्यालयमा कार्यरत स्थायी, अस्थायी, राहत, बालविकास शिक्षकहरू तथा विद्यालय कर्मचारीहरूले ऐक्यबद्धतासहित स्थानीय तहमा शान्तिपूर्ण धर्ना गरेका छन्। गाउँपालिकाको नजिकैको खुला स्थानमा पाल टाँगेर […]
बिराटनगर । लामो समयदेखि शिक्षकहरूको आन्दोलन कारणले विद्यालय बन्द भएपछि आज पाल्पामा विद्यालय खोल्न भन्दै अभिभावकहरू आन्दोलनमा उत्रिएका छन् । पाल्पा जिल्लाको माथागढी गाउँपालिका – १ चिदीपानीस्थित ज्ञानोदय आधारभूत विद्यालयका अभिभावकहरूले विद्यालयमै पुगेर विद्यालय व्यवस्थापन समितिलाई विद्यालय खोल्न दबाब दिएका छन् । उनीहरूले विद्यार्थीहरूको भविष्य सुनिश्चित गर, निरन्तर विद्यालय सञ्चालन गर, अभिभावक एकता जिन्दाबाद, जस्ता […]
काठमाडौँ । सरकारले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेपछि आन्दोलनरत नेपाल शिक्षक महासंघले केन्द्राध्यक्ष, प्रधानाध्यापक लगायत शिक्षकलाई काठमाडौं आउन अपिल गरेको छ । महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै परीक्षा बहिष्कार गर्दै काठमाडौंमा जारी सडक आन्दोलनमा सहभागी हुन ताकेता गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा ११ गतेबाट […]
काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले चाबी लिएर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन दिएको छ । अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज एक विज्ञप्ति जारी गर्दै परिषद्ले २४ घण्टाभित्र काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन अल्टिमेटमसेत दिएको हो । ‘विद्यालय कर्मचारीलाई विद्यार्थी भर्ना, नजिता प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न […]
देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्जमा युवाहरुलाई रोजगारीमुखी बनाउने लक्ष्यका साथ इलेक्ट्रिकल सीप विकास तालिम सुरु भएको छ। देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोगमा जय नेपाल होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ्ग प्रालिको प्राविधिक सहयोगमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित इलेक्ट्रिकल सीप विकास तालिमको सुरुवात एक विशेष समारोहबीच उद्घाटन गरी सरु गरिएको हो। उद्घाटन समारोहमा देवानगञ्ज […]
काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो । छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ […]