०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

विद्यालय खोल्न माग गर्दै अभिभावक आन्दोलनमा

Logo
नमो खबर प्रकाशित मंगलबार, बैशाख ०९, २०८२

बिराटनगर । लामो समयदेखि  शिक्षकहरूको आन्दोलन कारणले विद्यालय बन्द भएपछि आज पाल्पामा विद्यालय खोल्न भन्दै अभिभावकहरू आन्दोलनमा उत्रिएका छन् ।

पाल्पा जिल्लाको माथागढी गाउँपालिका – १ चिदीपानीस्थित ज्ञानोदय आधारभूत विद्यालयका अभिभावकहरूले विद्यालयमै पुगेर विद्यालय व्यवस्थापन समितिलाई विद्यालय खोल्न दबाब दिएका छन् ।

उनीहरूले विद्यार्थीहरूको भविष्य सुनिश्चित गर, निरन्तर विद्यालय सञ्चालन गर, अभिभावक एकता जिन्दाबाद,  जस्ता नारा लगाउँदै आन्दोलन गरेका थिए ।

अभिभावकले समेत विद्यालय खोल्न दबाब दिएपछि ज्ञानोदय आधारभूत विद्यालयका पठनपाठन सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीले  बताए ।

उनले विद्यार्थीहरूप्रति व्यवस्थापन समिति उत्तिकै चिन्तित रहेको भन्दै आन्दोलन पछि  अभिभावक, विद्यार्थी र शिक्षकहरू बोलाएर विद्यालय खोल्ने विषय भएपछि पठन पाठन सुरु भएको बताए ।

अभिभावकहरूले  बच्चाहरूको पठाइ बिग्रिएकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]