०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

देवानगञ्जबाट जावेद साफी पक्राउ, जबरजस्ती करणीको आरोप

Logo
ब्रहमदेव मेहता प्रकाशित शनिबार, जेठ १७, २०८२

सांकेतिक तस्वीर

देवानगञ्ज । सुनसरको दक्षिण वर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाका वडा नं. २ बाट जबरजस्ती करणीको आरोपमा एक जना पक्राऊ परेको छ।

देवानगञ्ज गाउँपालिकाका वडा नं. २ घर भएकी १७ बर्षीय नाबालिकालाई राति करिब २ बजेको समयमा जबरजस्ती करणी गरेको भन्दै हरिनगर गाउँपालिका वडा नम्बर – २ रामनगर भुटाहाका अन्दाजी बर्ष २९ को जावेद साफी पक्राउ परेको हो।

रातिको समयमा नाबालिकालाई ललाई फकाई घरबाट बोलाई करणी गर्ने क्रममा स्थानियले थाहा पाए पछि घट्ना स्थलमा पुग्ना साथ साफी भागेका थिए। स्थानीयले पछाडि गर्दै जाँदा देवानगञ्ज बजार भन्दा पुर्व मुस्लिम टोलमा समात्न सफल भए। त्यसपछि उनलाई इलाका प्रहरी कार्यालय देवानगञ्जको जिम्मा लगाएका थिए।

अहिले उनलाई इलाका प्रहरी कार्यालय देवानगञ्जमा राखिएको छ।

साफी हरिनगर गाउँपालिका वडा नं. २ घर भएका जमिल साफिको छोरा हो। साफी बिवाहित छ। उनको चारवटा छोराछोरी समेत रहेको छ।

यता पिडित पक्ष मुद्दा दायर गर्ने तयारी गरी रहेको छ। थप विवरण आउन बाँकी….……

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]