२४ जेठ २०८२, शनिबार
07-06-2025 , Sat
×

पत्रकार दास र प्रहरी जवान मेहता बीच उत्पन्न विवाद सहमतिमा टुंगियो

Logo
नमो संवाददाता प्रकाशित शनिबार, जेठ २४, २०८२

तस्विर : नमो अनलाइन

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ।

केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो अनलाइन डटकमका ब्रहमदेव मेहताले तयार गरी मिडियाको आधिकारिक फेसबुक पेजमा प्रकाशित गरेका थिए । सो भिडियो खिच्नमा सहकर्मी दासले सहयोग गरेका थिए। सोही बिषयलाई लिएर बिवाद उत्पन्न भएको थियो ।

पत्रकार दासले भने अनुसार नेपाल प्रहरीमा कार्यरत हाल विराटनगरमा पोस्टिङ् रहेको प्रहरी जवान अरुण मेहताले फोनमार्फत तथानाम गालीगलौज गरी “पैसा लिएर समाचार लेख्छौ, गाउँपालिका अध्यक्षले पैसा दिन्छन् त्यही भएर त्यसको विरुद्धमा समाचार लेख्दैनौ?” जस्ता तथ्यहिन आरोप लगाउँदै “खुट्टा काटिदिन्छु, पत्रकारिता सिकाईदिन्छु” भन्दै धम्कीपूर्ण भाष्य प्रयोग गरेको बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योग्यराज खतिवडाको रोहवरमा बसेको छलफलमा प्रहरी जवान मेहताले हामी दुवैजना स्कूल पढ्ने देखीको साथि त्यसमा पनि एक अर्काको सहयोगी र एकै ठाउँको भएकाले भित्र कुनै पनि कलछपट नराखी ख्यालठट्टामा भनेको बताए पछि विवाद सहमतिमा टुंगिएको हो ।

सार्वजनिक सम्पत्ति सबैको हो सबैले समानरुपमा उपयोग गर्न पाउनुपर्छ। यदि त्यस्को दुरुपयोग भइरहेको छ भने त्यसविरुद्ध आवाज उठाउनु संचार कर्मीको दायित्व हो। सोही अनुरूप नमो अनलाइन डटकम निरन्तर आम जनमानसको आवाज बुलन्द गरिरहेको छ, गरि रहने छ।

अतः कुनै समाचार सम्प्रेषण भए पस्चात कोही कसैलाई चित्त नबुझेको खण्डमा सम्बन्धित मिडीया प्रमुख वा आधिकारिक व्यक्ति सँग कुरा राख्न सकिन्छ। मिडियाहरुलाई नियमन गर्ने संस्था प्रेस काउन्सिलमा उजुरी दिन सकिन्छ। तर आवेगमा आएर कोही कसैलाई गालिगलौच वा धम्की दिएर द्वन्द्व सृजना गर्नु हुँदैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]