०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

पत्रकार जुगेश दासलाई प्रहरी जवानद्वारा ‘खुट्टा का’टी दिने धम्की, प्रेस स्वतन्त्रतामाथि प्रश्न

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, जेठ २२, २०८२

तस्विर : नमो अनलाइन

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्।

तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट समाचार नमो अनलाइन डटकमको फेसबुक पेजमा प्रकाशित भएपछि सोही बिषयलाई लिएर का’टी दिने धम्की दिएको हो।

पत्रकार दासका अनुसार नेपाल प्रहरीमा कार्यरत हाल विराटनगरमा पोस्टिङ् रहेको प्रहरी जवान अरुण मेहताले फोनमार्फत तथानाम गालीगलौज गरी “पैसा लिएर समाचार लेख्छौ, गाउँपालिका अध्यक्षले पैसा दिन्छन् त्यही भएर त्यसको विरुद्धमा समाचार लेख्दैनौ?” जस्ता तथ्यहिन आरोप लगाउँदै “खुट्टा काटिदिन्छु, पत्रकारिता सिकाईदिन्छु” भन्दै धम्कीपूर्ण भाष्य प्रयोग गरेको थियो।

नेपाल प्रहरीजस्तो जिम्मेवार र अनुशासित निकायबाट पत्रकारमाथि यसप्रकारको व्यवहार हुनु प्रेस स्वतन्त्रतामाथिको हमला हो।

यस विषयमा स्थानीय प्रहरी प्रशासन तथा जिल्ला प्रहरी कार्यालय मोरङले हालसम्म औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। यद्यपि, यसप्रकारको घटना प्रहरी संगठनकै छविमा आँच पुर्‍याउने खालको भएकोले छानबिन हुनु अपरिहार्य देखिन्छ।

यसको छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दछौँ। अन्यथा हामी सशक्त रुपमा यसको प्रतिकार गर्ने छौं।

साथै नेपाल पत्रकार महासंघ सुनसरीलाई समेत यस विषयमा दखल दिन आग्रह गर्दछौं।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]