०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

गाई काटेको भिडियो टिकटोकोमा पोस्ट गर्ने दुई जना दुहबीबाट पक्राउ

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, जेठ २७, २०८२

तस्विर : नमो अनलाइन

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो।

भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल टिकटोकमा भाईरल भए पछि बहस र आलोचना सिर्जना गरेको थियो।

भिडियोलाई “mukhtaralam546” नामक टिकटक Account बाट अपलोड गरिएको थियो। उक्त दृश्यले हिन्दू धर्मावलम्बीहरुको भावनामा गम्भीर चोट पुर्‍याएको भन्दै विभिन्न सामाजिक संजाल प्रयोगकर्ता, धार्मिक अगुवाहरू तथा सर्वसाधारणले आक्रोश व्यक्त गरेका थिए।

सार्वजनिक दबाव बढ्दै गएपछि इलाका प्रहरी कार्यालय दुहबीले तत्काल अनुसन्धान सुरु गर्दै भिडियो बनाउने र सामाजिक सञ्जालमा अपलोड गर्ने व्यक्तिहरूको पहिचान गरी नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा दुहबी नगरपालिका–६ निवासी ३४ वर्षीय मु. मुख्तार आलम र सोही वडाका २५ वर्षीय जिया हुसेन रहेका छन्। प्रहरीका अनुसार, उनीहरूलाई नियन्त्रणमा लिएर प्रारम्भिक सोधपुछ गरिरहेएको छ।घटनाको प्रकृति, उद्देश्य र सामाजिक प्रभावको गम्भीरताका आधारमा अनुसन्धानलाई तीव्र पारिएको छ।

इलाका प्रहरी कार्यालय दुहबीका प्रमुखले दिएको जानकारी अनुसार, “यो घटना अत्यन्तै संवेदनशील छ। सामाजिक सद्भाव कायम राख्नु हाम्रो पहिलो प्राथमिकता हो। कुनै पनि धर्म वा जातिलाई अपमानित गर्ने खालको गतिविधि कानुनी रूपमा सह्य हुँदैन। दोषीमाथि आवश्यक कानुनी कारबाही गरिनेछ।”

प्रहरीका अनुसार सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियो अहिले हटाइसकिएको छ। तर भिडियोको स्क्रीनसट, सेभ गरिएका प्रतिहरू र सामाजिक प्रतिक्रिया प्रहरीले प्रमाणका रूपमा संकलन गरिरहेको छ।

नेपालको संविधानले धर्म, संस्कृति, भाषा र सम्प्रदायहरूको स्वतन्त्रतालाई सुनिश्चित गरेको भए पनि, यस किसिमका कार्यहरूले बहुजातीय, बहुधार्मिक समाजमा गलत सन्देश फैलाउने खतरा रहन्छ। विशेष गरी सामाजिक सञ्जाल जस्तो प्रभावशाली माध्यम प्रयोग गरेर धार्मिक संवेदनशीलता भड्काउने कार्यले सामाजिक शान्ति, सद्भाव र सहिष्णुतामा प्रतिकूल असर पार्न सक्छ।

यस सन्दर्भमा, स्थानीय तह, धार्मिक संघसंस्था, मानव अधिकारकर्मी र नागरिक समाजले सबै समुदायबीच सहिष्णुता र समझदारी कायम राख्न अपिल गरेका छन्। प्रहरी प्रशासनले पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई यस्ता विषयमा अत्यन्तै जिम्मेवार बन्न र संवेदनशील सामग्री सार्वजनिक नगर्न कडाइका साथ अनुरोध गरेको छ।

 

यस घटनाले सामाजिक सञ्जालको प्रयोग गर्दा संयमता, जिम्मेवारी र कानुनी चेतनाको अत्यावश्यकता देखाएको छ। धार्मिक पर्व र परम्पराको सम्मान गर्दै, विभिन्न समुदायहरूबीचको सहकार्य र शान्तिपूर्ण सहअस्तित्वलाई बलियो बनाउनु आजको आवश्यकता हो। यस्ता घटना दोहोरिन नदिन प्रहरी प्रशासन, सरकार र नागरिक समाजबीच समन्वय र सचेतना अभियान अपरिहार्य देखिएको छ।

पक्राउ परेकाहरूलाई विद्यमान कृषि पशुपंक्षीसम्बन्धी ऐन, सार्वजनिक अपराध तथा सजाय ऐन लगायतका कानुनी प्रावधान अनुसार कारबाही प्रक्रिया अघि ब

ढाइने प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]