०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

देवानगञ्जमा इलेक्ट्रिकल सीप विकास तालिम सुरु, युवाहरुलाई रोजगारीमुखी बनाउने लक्ष्य

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, बैशाख ०८, २०८२

तस्विर : नमो अनलाइन

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्जमा युवाहरुलाई रोजगारीमुखी बनाउने लक्ष्यका साथ इलेक्ट्रिकल सीप विकास तालिम सुरु भएको छ।

देवानगञ्ज गाउँपालिकाको आर्थिक सहयोगमा जय नेपाल होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ्ग प्रालिको प्राविधिक सहयोगमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित इलेक्ट्रिकल सीप विकास तालिमको सुरुवात एक विशेष समारोहबीच उद्घाटन गरी सरु गरिएको हो।

उद्घाटन समारोहमा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपाध्यक्ष कुमारी बिभा यादव, प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी तथा वडा नं. ३ का अध्यक्ष अनिल भगत र वडा नं. ४ का अध्यक्ष सुसिल कुमार मेहता अतिथिको रूपमा उपस्थित थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष मेहताले युवाहरुलाई दक्ष र आत्मनिर्भर बनाउने अभियानमा गाउँपालिकाले विशेष प्राथमिकता दिएको बताउनुभयो। “विदेशिन बाध्य युवालाई आफ्नै गाउँमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनु हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो । “तालिम लिन आउनु भएका सबै जना आफुले तालिम लिएर स्वरोजगार बन्ने धारणाका साथ तालिम लिनुहोला, नियमित रूपमा उपस्थित भएर तालिम लिनुहोला, भोलिका दिनमा नेपालमै पहिलोपटक हाम्रो पालिकामा भईरहेको विधुतिकरण सम्पन्न भए पछि रोजगारी सिर्जना हुन्छ, हामीले बाहिरकोलाई रोजगारी दिनु भन्दा पालिका भित्रकैलाई दिन जोड दिएका छौँ” तसर्थ आफु सिकेर केही लक्ष्यका साथ तालिम लिन आग्रह गरे साथै तालिममा कुनै कमी कमजोरी भए सिधै जानकारी गराउन भने।

प्रमुख प्रशासकीय अधिकृत साफीले तालिमको गुणस्तर र प्रभावकारिता सुनिश्चित गर्न आवश्यक पर्ने समन्वय र निगरानीमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाउनुभयो।

संस्था प्रतिनिधिहरूले तालिममा प्रयोग हुने पाठ्यक्रम, प्रशिक्षकको योग्यता र सिकाइका विधिबारे जानकारी गराएका थिए।

इलेक्ट्रिकल सीप विकास तालिममा प्रत्येक वडाबाट गरी कुल ५० जना प्रशिक्षार्थी सहभागी भएका छन्, जसमा विभिन्न उमेर समुहका युवा तथा महिला सहभागिता रहेको छ। तालिमको अवधिकाल ३ महिना रहने छ, जसमा विद्युत प्रणालीको आधारभूत ज्ञान, वायरिङ्ग, मर्मतसम्भार, सुरक्षाका उपाय लगायतका व्यवहारिक पक्षमा विशेष जोड दिइनेछ।

तालिमबाट प्रशिक्षार्थीहरुले आफ्नो दक्षता अभिवृद्धि गरी रोजगारीको अवसर पाउने विश्वास गरिएको छ। तालिम सम्पन्न भएपछि उनीहरुलाई प्रमाणपत्र वितरण गरिने र सम्भावित रोजगारी तथा स्वरोजगारका लागि आवश्यक परामर्श समेत दिइनेछ।

यस तालिममार्फत देवानगञ्ज गाउँपालिकाले स्थानीय विकाससँगै युवा लक्षित दीर्घकालीन योजनाहरूमा कार्यान्वयन गरिरहेको प्रमाणित गरेको छ।

तालिम यही हप्ता सुरु भई तोकिएको तालिका अनुसार नियमित रूपमा सञ्चालन हुने तालिम आयोजक संस्थाले जनाएको छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]