०५ साउन २०८२, सोमबार
21-07-2025 , Mon
×

हिन्दू समाजको शोभायात्रालाई बिभिन्न ठाउँमा कस्ले गर्छ अवरोध

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, बैशाख ०४, २०८२

तस्विर : नमो अनलाइन

काठमाडौं । हिन्दू समाजको धार्मिक शोभायात्रामा अवरोधका घटना बढेका छन् । ३० चैत्रमा वीरगञ्जमा हनुमान जयन्तीका बेलामा भएको अवरोधले स्थिति असामान्य नै बन्यो ।

छपकैया पुगेपछि मदरसाबाट ढुंगा प्रहार भयो । यसलाई इस्लामिक संघ नेपालले पनि स्वीकारिसकेको छ । शोभायात्रा जहाँ स्थगित भएको हो त्यहींबाट पुनः सुचारु हुनुपर्ने हिन्दू राष्ट्र जागरण अभियानको माग रहेको छ ।

यसअघि जनकपुरमा रामजानकी शोभायात्रामा पनि मुस्लिम अतिवादीबाट अवरोध भए । सर्लाही, रौतहट, नेपालगञ्जमा पनि हिन्दूहरुको धार्मिक कार्यक्रमलाई बाधा गरिएका छन् ।

महोत्तरीमा सरस्वती मूर्ति बिसर्जनमा अवरोध गरिएको थियो । तेलिया पोखरीमा एक दिन अगावै खसीको टाउको काटेर फालिएको थियो ।

कोशी प्रदेशको राजधानी बिराटनगरमा समेत गत बर्ष रानी क्षेत्रमा अवरोध गरेको थियो।

नेपाली सेनाबाट माग गरिएको भर्नाको सूचनालाई धर्मनिरपेक्ष नभएको आरोप लगाउने कार्य पनि इस्लामिक संघले गरेको थियो ।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले मुस्लिम समुदाय अल्पसंख्यक भन्ने तर मुहर्रम लगायतका इस्लामिक कार्यक्रममा नाङ्गो हातहतियार सहित उफ्रन पाउनुपर्ने भन्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]