०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

देवानगञजका सामुदायिक विद्यालयको शिक्षास्तर सुधारको माग

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, जेठ ०५, २०८२

तस्विर : नमो अनलाइन

देवानगञ्ज । कोशी प्रदेश स्थित देवानगञ्ज गाउँपालिका भित्रका सामुदायिक विद्यालयको शिक्षा स्तर सुधारको माग गर्दै पत्र बुझाएको छ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ देवानगञ्ज शाखाले शिक्षा क्षेत्रको गुणस्तर सुधारको माग गर्दै गाउँपालिका शिक्षा शाखा प्रमुख दण्डि केशर खनाल समक्ष मागपत्र बुझाएको हो।

महासंघका अध्यक्ष कुन्दन मेहताको नेतृत्वमा शिक्षा क्षेत्रका विविध समस्या र समाधानका सुझावसहितको मागपत्र खनाल समक्ष बुझाएका छन्।

शिक्षा शाखा प्रमुख खनालले मागपत्रलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सबै पक्षको सहकार्य आवश्यक रहेको पनि बताए।

महासंघले आगामी दिनमा स्थानीय तहसँग नियमित संवाद गर्दै सामुदायिक विद्यालयको अवस्था सुधारका लागि निरन्तर पहल गर्ने जनाएको छ।

बुझाएको पत्र जस्ताको त्यस्तै:

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]