०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

कोशीका ४ सांसद सवार गाडीलाई डीएसपीको गाडीले हाने ठक्कर

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, जेठ ०५, २०८२

तस्विर : नमो अनलाइन

विराटनगर । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सवार गाडीले कोशी प्रदेशका सांसद चढेको गाडीलाई मोरङको कानेपोखरीमा ठक्कर दिएको छ ।

सोमबार दिउँसो पूर्व जाँदै गरेको डीएसपी सवार बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगर आउँदै गरेको बिएइ १४०६ नम्बरको सांसद सवार अर्को कारलाई ठक्कर दिएको थियो ।

गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।

सांसदहरु सवार गाडीलाई ठक्कर दिने कारका चालक जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले चलाएको पुष्टि भएको हो ।

दुर्घटनाबाट कुनै पनि मानवीय क्षति भने भएको छैन । सांसद मैया श्रेष्ठ लावती नेपाली कांग्रेसकी सांसद हुन् । यस्तै राधाकृष्ण खनाल एमालेका सांसद हुन् । उनी झापा क्षेत्र नम्बर ४(१) बाट निर्वाचित भएका हुन् ।

 

नम्बरलाल धिमाल झापाकै एमालेका समानुपातिक सांसद हुन् । सांसद बिद्या चाम्लिङ भने नेकपा एसको समानुपातिक सांसद हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सांसद मैया श्रेष्ठले आफूहरूलाई चोटपटक नलागेको तर गाडीमा भने क्षति पुगेको बताइन् । उनले भनिन्, ‘मेरै गाडीमा आउँदै थियौँ तीव्र गतिमा आएको गाडीले एक्कासि ठक्कर दियो । हामी सकुशल छौँ ।’

सांसदहरु कोशी प्रदेशसभाको आजको बैठकमा सहभागी हुन विराटनगर आउँदै गरेका थिए । प्रदेशसभामा आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]