०४ जेठ २०८२, शनिबार
17-05-2025 , Sat
×

हरिनगरमा जीवन विकास लघुवित्तद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, बैशाख २४, २०८२

हरिनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय हरिनगरद्वारा आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा लघुवित्त सेवा प्रयोगकर्तालाई सशक्त बनाउने, पारदर्शिता प्रवर्द्धन गर्ने र संस्थागत विश्वास पुनःस्थापित गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले पछिल्लो समय वित्तीय संस्थाहरूमा देखिएको अनियमितता र हेरफेरले आम जनतामा गहिरो असन्तोष पैदा गरेको बताए। उनले भने, “विभिन्न सहकारी तथा लघुवित्त संस्थामा भएको रकम हेरफेरका कारण लाखौं जनताको जीवनभरको पसिनाको पैसा डुबेको छ। यस्तो अवस्थाले लघुवित्त प्रणालीमाथिको विश्वासमा गम्भीर आँच आएको छ।”

अध्यक्ष अंसारीले अहिलेको आवश्यकता पारदर्शिता र जिम्मेवारीपूर्ण व्यवस्थापन भएको स्पष्ट पार्दै थपे, “अब हामी मौन रहने छैनौं। हरिनगर गाउँपालिकाले आफ्ना क्षेत्रभित्र कार्यरत लघुवित्त संस्थाहरूलाई नियमनको दायरामा ल्याउने निर्णय गरेको छ। हामी जनताको हितमा गम्भीर छौं।”

यद्यपि, उनले जीवन विकास लघुवित्तले पालिकाभित्र उदाहरणीय कार्य गर्दै आएको उल्लेख गर्दै प्रशंसा गरे। “सबै लघुवित्त दोषी होइनन्। जीवन विकास लघुवित्तले वित्तीय पहुँच नपुगेका वर्गमा सकारात्मक काम गर्दै आएको छ, र आगामी दिनमा थप प्रगति गरुन् भन्ने शुभकामना व्यक्त गर्दछु,” अध्यक्ष अंसारीले भने।

कार्यक्रमको सभाध्यक्षता संस्थाका संस्थागत तथा सामाजिक विकास विभाग प्रमुख विजय कुमार मण्डलले गर्नुभएको थियो। उनले केन्द्र प्रमुखहरूलाई संस्था र सदस्यबीचको सेतुका रूपमा परिभाषित गर्दै, “उनीहरूको सशक्तता र सचेतनाले नै संस्थाको प्रभावकारिता निर्धारण गर्छ,” भने।

गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगत विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन्। उनले महिलाहरूको आर्थिक सशक्तिकरण र आत्मनिर्भरता निर्माणमा लघुवित्त संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै भनिन्, “यस्ता कार्यक्रमहरूले महिला नेतृत्व विकासमा महत्वपूर्ण योगदान दिन्छन्।”

त्यसैगरी, जोखिम व्यवस्थापन विभाग प्रमुख शिव कुमार रामले पारदर्शिता, जवाफदेहिता र समयमै भुक्तानीको संस्कृति विकास गर्न केन्द्र प्रमुखहरूको अग्रसरता आवश्यक रहेकोमा जोड दिनुभयो। उनले जिवन विकासले स्थापना कालदेखि गर्दै आएका आर्थिक तथा समाजिक कार्यहरूको बारेमा समेत जानकारी गराएका थिए।

वडा नं. ४ का वडा अध्यक्ष देवनारायण मेहताले कार्यक्रमप्रति सकारात्मक धारणा राख्दै संस्थाको प्रयास सराहनीय रहेको बताए।

कार्यक्रममा जीवन विकास लघुवित्त अन्तर्गतका विभिन्न केन्द्र प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उनीहरूले लघुवित्त सेवा उपयोग, ऋण व्यवस्थापन, नियमित बचत, बीमा सेवा तथा साना व्यवसाय विकासका विषयमा व्यावहारिक जानकारी लिएका थिए।

सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले अति विपन्न परिवारका पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आर्थिक सहयोगको सन्देशसमेत दिएको थियो।

२०७५ सालमा नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त जीवन विकास लघुवित्त वित्तीय संस्था २०५४ सालमा NGO को रुपमा स्थापना भएको थियो । शाखा विस्तारका क्रममा वि.सं. २०६३ सालमा हरिनगरा शाखाको रुपमा स्थापना भएको हो। आर्थिक रूपले कमजोर तथा वित्तीय सेवाबाट वञ्चित वर्गको जीवनस्तर उकास्नका लागि काम गर्दै आएको यो संस्था हाल कोशी, मधेश र बागमती प्रदेशमा फैलिएको १६० भन्दा बढी शाखा कार्यालयहरूमार्फत सेवा दिँदै आएको छ। संस्थाले समूहगत लघुवित्त कार्यक्रम, वित्तीय साक्षरता अभिवृद्धि, बचत, ऋण, बीमा, सीप विकास लगायतका सेवा सञ्चालन गर्दै आएको छ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले यस्तो सशक्तिकरणमूलक कार्यक्रममा सहभागी हुन पाएकोमा सन्तोष व्यक्त गर्दै, प्राप्त ज्ञान व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । कुशवाहा राष्ट्रसेवक समाज नेपाल, विराटनगरको आयोजनामा “युवाहरूलाई मनोपरामर्श एवम् जीवनवृति सम्बन्धी अभिमुखिकरण कार्यक्रम” सोमबार विराटनगरमा सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य युवाहरूमा आत्मविकास, मानसिक सुदृढीकरण र करियरबारे स्पष्टता दिलाउनु रहेको आयोजकले जनाएका छन्। विराटनगरस्थित जेष्ठ नागरिक सामुदायिक भवनमा आयोजित उक्त कार्यक्रमको सभाध्यक्षता समाजका अध्यक्ष रामखेलौन मेहताले गरेका थिए। कार्यक्रममा समाजका सल्लाहकार विरेन्द्र मेहता, प्राचार्य […]

बिराटनगर । गिरि फाउन्डेसनका अध्यक्ष अभिषेक गिरि हालै भारतको भ्रमणमा रहेका बेला उनलाई भारतीय युवानेता तथा सामाजिक अभियन्ताहरूको तर्फबाट विशेष सम्मानसाथ स्वागत गरिएको छ। भ्रमणको उद्देश्य नेपाल–भारत सम्बन्धलाई युवा स्तरमा अझ सशक्त बनाउनुका साथै सामाजिक, सांस्कृतिक र रणनीतिक सहकार्यलाई प्रोत्साहन गर्नु रहेको बताइएको छ। अध्यक्ष गिरिले भ्रमणका क्रममा भारतका विभिन्न युवा संगठन, सामाजिक संस्थाका प्रतिनिधिहरूसँग […]

हरिनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय हरिनगरद्वारा आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा लघुवित्त सेवा प्रयोगकर्तालाई सशक्त बनाउने, पारदर्शिता प्रवर्द्धन गर्ने र संस्थागत विश्वास पुनःस्थापित गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले पछिल्लो समय […]