०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

भारतमा गिरि फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीको भव्य स्वागत

Logo
ब्रहमदेव मेहता प्रकाशित आइतबार, बैशाख २८, २०८२

ब्रहमदेव मेहता

बिराटनगर । गिरि फाउन्डेसनका अध्यक्ष अभिषेक गिरि हालै भारतको भ्रमणमा रहेका बेला उनलाई भारतीय युवानेता तथा सामाजिक अभियन्ताहरूको तर्फबाट विशेष सम्मानसाथ स्वागत गरिएको छ।

भ्रमणको उद्देश्य नेपाल–भारत सम्बन्धलाई युवा स्तरमा अझ सशक्त बनाउनुका साथै सामाजिक, सांस्कृतिक र रणनीतिक सहकार्यलाई प्रोत्साहन गर्नु रहेको बताइएको छ।

अध्यक्ष गिरिले भ्रमणका क्रममा भारतका विभिन्न युवा संगठन, सामाजिक संस्थाका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरे। यस्ता अन्तरक्रियाले दुई देशका युवाबीच अनुभव साटासाट, सहकार्य र दीर्घकालीन समझदारीको बाटो खोल्ने विश्वास गरिएको छ।

उनको सम्मानमा आयोजित विशेष कार्यक्रममा भारतीय सामाजिक अभियन्ता, प्रहरी अधिकारी तथा उद्यमीहरूको समेत उपस्थिति रहेको थियो।

नेपाल–भारतको साझा सांस्कृतिक विरासत, युवाहरूको नेतृत्व विकास, सामाजिक सेवा, तथा शान्ति र सहिष्णुताको सन्देश प्रवाह गर्ने विषयमा भ्रमणको क्रममा व्यापक छलफल गरिएको थियो।

अध्यक्ष गिरिले भने, “नेपाल र भारतबीचको सम्बन्ध केवल कूटनीतिक वा राजनीतिक मात्र होइन, जनस्तरसम्म गहिरो रुपमा गाँसिएको छ। युवाहरूले नै अबको सम्बन्धलाई अझ दृढ, दिगो र व्यावहारिक बनाउनु आवश्यक छ।”

उनले युवा नेतृत्व र सामाजिक उत्तरदायित्वमा जोड दिँदै भने कि भविष्यको निर्माणमा युवाको सक्रियता निर्णायक हुने छ। गिरिको यो पहलले नेपाली युवा प्रतिनिधित्वलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाएको भन्दै भारतीय पक्षबाट पनि प्रशंसा व्यक्त गरिएको छ।

गिरिलाई सम्मानस्वरूप ‘युवा मैत्री सम्मान–2025’ प्रदान गरिएको छ। भ्रमणका क्रममा उनले भारतको विभिन्न स्थानमा युवासँग भेटघाट गर्ने, सामाजिक परियोजनाहरूको अवलोकन गर्ने र संस्थागत सहकार्यका सम्भावनाहरूको खोजी गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना […]

विराटनगर। सुनसरीको दुहबी नगरपालिकाबाट सामाजिक सद्भावमा खलल पुर्‍याउने उद्देश्य बोकेको भिडियो सामाजिक सञ्जाल टिकटकोमा पोस्ट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अजहा (बकर ईद) को दिन गाई काटेको भिडियो बनाएर टिकटकमा अपलोड गरेका कारण पक्राउ परेको हो। भाइरल भिडियोमा काटेको गाईको टाउको हातमा बोकेको दृश्य देखिन्छ, सामाजिक सञ्जाल […]

देवानगञ्ज । विगत लामो समयदेखि देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका हाल नमो अनलाइन डटकमका सहकर्मी पत्रकार जुगेश दासलाई नेपाल प्रहरीका जवानले ‘खुट्टा का’टी दिने धम्की दिएका छन्। तिन दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको […]