०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

गढीका किसान अनुदान गहुँ र मकै पाएपछि खुशी

Logo
नमो अनलाईन प्रकाशित शनिबार, मंसिर ३०, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । सुनसरीको गढी गाउँपालिकाका किसानहरुले गत आर्थिक वर्षदेखी प्रत्यक्ष रुपमा अनुदान रकममा गहुँ, मकैँ, धान पाइरहेका छन् ।

यस क्षेत्रका किसानहरुले सहज तरिकाले किसानहरुले सिजन अनुसार समयमै ५० प्रतिशत अनुदानमा गहुँ, मकैँ र धानको बीउ पाउन थालेपछि खुशी भएका हुन् ।

विगत वर्षहरुमा सुनसरी जिल्लाको गढी गाउँपालिकामा कर्मचारी आभावका कारण समयमा किसानहरुलाई सेवा, सुविधा दिन नसक्ने पालिकाले अहिले सहजै तरिकाले किसानहरुलाई सिजन अनुसार अनुदानमा गहुँ, मकैँ र धानको बीउ वितरण गर्न थालेपछि किसानहरुको अनुहारमा मुस्कान छाएको पाउँन सकिन्छ ।

गढी गाउँपालिकाका एक स्थानीय किसान अवधनारायण चौधरी भन्छन् “हामीले बिगतका वर्षमा राम्रोसँग खेती गर्न सकिन्, एक त कोरोना भाइरसको त्रास थियो, अर्को तिर समयमा रसायनीक मलको अभाव थियो तर अहिले हामीलाई सबै समान प्रयाप्त छन्” अब हामीले ढुक्कसँग खेती लगाउँन सकेको बताए ।

उता पालिका श्रोतका अनुसार गढी गाउँपालिकामा कृषि विकास शाखामा कृषि क्षेत्रमा जानकार रहेका कर्मचारी नभएको कारण कृषि पेशामा लागेका किसानहरुले गाउँपालिकाबाट प्रत्यक्ष रुपमा लाभान्वित नभएको बताएका छन् ।

पालिका अध्यक्ष आशनारायण चौधरीको निर्देशनमा गत वर्ष २०७९÷०८० मा गाउँपालिकाले कृषि स्नातक अधिकृत (छैँठौँ र कृषि प्राविधिक (पाँचौ) को पदपुर्ती गरेपछि अहिले सो क्षेत्रका किसानहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने गरेको भएको स्थानीय किसान ओमप्रकाश यादव बताउँछन् ।

स्थानीय यादवका अनुसार गढी गाउँपालिकाले कृषि शाखामा अनुभवी सहितको दक्ष जनशक्तिको पदपुत्र्ती गरेपछि यहाँका किसानहरुले प्रत्यक्ष रुपमा लभान्वित हुने गरेको बताए ।

उनले बताएअनुसार विगतका वर्षहरुमा यहाँका किसानहरुले प्रत्यक्ष रुपमा लभान्वित हुने गरेको थिएनन् बरु केही सहकारी संस्था र समुहमा आवद्ध किसानहरु मात्र लाभान्वित हुने गरेको थियो । तर पालिका अध्यक्ष यस क्षेत्रका किसानहरुको लागि राम्रो योजना तथा कार्यक्रमहरु ल्याइएकोमा पालिका अध्यक्ष आशनारायण चौधरी हाम्रो लागि धन्यवादको पात्र बन्नुभएको बताए ।

त्यस्तै अर्का किसान मोहित मेहताले भने अघिल्ला वर्षहरुमा केही कार्यक्रमहरु भयो तर किसानहरुको हित विपरीत भएको जानकारी दिए ।

उनले भने अहिले गढी गाउँपालिकाले कृषक, कृषि फर्म, कृषक समूह र कृषि सहकारी संस्थाहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँ र मकैको बिउ सयममा वितरण गरेका छन् ।

पालिकाले एक हप्ता अघिदेखी अनुदानमा उन्नत जातको गहुँ र मकैको बिउ वितरण गर्ने काम सुरु गरिएपनि हिजो शुक्रबार सकिएको हो ।

बीउ वितरण गर्दै गाउँपालिका अध्यक्ष आशनारायण चौधरी र उपाध्यक्ष अनिता कुमारी साहले कृषक र बाली उत्पादनमा हाम्रो साथ सदैव रहने बताएका हुन् ।

पालिका अध्यक्ष चौधरीले कृषि विकास शाखा मार्फत यस गाउँपालिका अन्तरगत रहेका ६ वटै वडाका कृषक, कृषि फर्म, कृषि समूह र कृषि सहकारी संस्था मार्फत ४,५२० किलो ग्राम विजय ,एन.एल ९७१, र आदित्य जातको उन्नत गहुँको बीउ वितरण गरिएको बताए ।

त्यस्तै गाउँपालिका अध्यक्ष आशनारायण चौधरीले प्रदेश प्वाइन्ट अनालाइन पत्रिकासँग कुरा गदैँ भने कृषि विकाश शाखा मा कार्यरत्त कर्मचारी तथा शाखाकी प्रमुख जिन्नी चौधरी ,कृषि प्राविधिक सहायक प्रविन बुढाथोकी र रेनुका चौधरीले किसानहरुलाई प्रत्यक्ष लाभ हुने काम इमान्दारीताका साथ काम गरिरहेको जानकारी दिए ।

यता गाउँपालिकाका कृषि विकास शाखा प्रमुख जिन्नी चौधरीका अनुसार कृषि क्षेत्रमा आवद्ध भएका किसानहरूलाई खाद्यान्न बालीको बीउ उपयोगमा अनुदान कार्यक्रम अन्र्तगत वितरण गरिएको जानकारी दिइन् । उनले भने हाम्रो पालिकामा भएका सबै किसानहरुलाई समेटन् नसकेपनि अगामी बजेट तथा कार्यक्रममा किसानमुखी कार्यक्रम ल्याएर किसानहरुको घरमा सेवा पुग्ने गरी काम गर्ने बताइन् ।

त्यस्तै कृषि प्राविधिक सहायक रेनुका चाैधरीले भने पालिकाले वितरण गरिएको उन्नत जातका गहुँ बीउले ३८ हेक्टर र मकै ३२ हेक्टर गरि कुल ८० हेक्टर क्षेत्रफलमा किसानहरूले समयमै बाली लगाउन सफल भएको बताइन् ।

उनले बताए अनुसार बीउ वितरण कार्यक्रममा ५० प्रतिशत अनुदानमा उन्नत जातका विजय, एन.एल गहुँ र उन्नत जातको ७ सय ६० केजी पाइनियर–३३५५ मकैको बीउ वितरण गरिएको कृषि विकास शाखाकी कृषि प्राविधिक सहायक रेनुका चौधरीले बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]