०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

सांसद भगबती चौधरीद्वारा ४० मुसहर परिवारलाई न्यानो कपडा वितरण

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, पुष २६, २०८०

तस्विर : नमो अनलाईन

इटहरी । नेकपा एमालेकी सांसद भगवती चौधरीले आफ्नो निर्वाचन क्षेत्रका मुसहर समुदायमा न्यानो कपडा तथा स्थानीय मन्दिरलाई भाँडावर्तन वितरण गरेकी छन् ।

बुधबार चौधरीले सुनसरीको इटहरी उपमहानगरपालिका-७ को मुसहरबस्तीका ४० विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेकी हुन् ।

प्रतिनिधिसभा नचलेको समयमा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सात्क्षात्कार गर्दै चौधरी समाजसेवामा उत्रिएकी हुन् ।

चौधरीले स्थानीय शिवपार्वती मन्दिरमा करिब ७० जना ज्येष्ठ नागरिकहरूलाई सम्मान पनि गरेकी थिइन् ।

त्यसबाहेक उनले आफ्नो निर्वाचन क्षेत्रमा निर्माणाधीन विकासका पूर्वाधारहरूको निरीक्षण-अनुगमनसमेत गरेकी थिइन् ।

सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित बनेकी चौधरी  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत बनेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]