०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

शहीदलाई कहिले पनि हामीले भुल्नु हुदैन् : नगर प्रमुख भण्डारी

Logo
अजित झा प्रकाशित मंगलबार, माघ १६, २०८०

तस्विर : फाईल

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले शहीदलाई कहिले पनि हामीले भुल्न नहुने बताउनुभएको छ ।

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले सहिद दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख भण्डारीले सो कुरा बताउनुभएको हो ।

उहाँले संघीता, लोकतन्त्र र गणतन्त्र प्राप्तीका लागि सहिदले निर्वाह गरेको भुमिका र देखाएको बाटोलाई सबैले स्वीकार गरेर अगाडि बढनुपर्नेमा जोड दिनुभयो । संघीता, लोकतन्त्र र गणतन्त्र प्राप्तीका लागि बिन्नि कालखण्डमा सहिदको भुमिका महत्वपूर्ण रहेको प्रमुख भणडारीले बताउनुभयो ।
उहाँले सहिदले प्राप्त गरेको सहादतका कारणले जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिनमा ल्याउनुका साथै संघीता, लोकतन्त्र र गणतन्त्र प्राप्तीका लागि समेत सहिदले निर्वाह गरेको भुमिका र देखाएको जीवन अर्पण प्रति नमन व्यक्त गर्नुभएको छ ।

देशलाई यहाँ सम्म ल्याउनका लागि सहिदको भुमिका महत्वपूर्ण भएकाले सरकारले सहिदको सम्मानमा बिदा नदिएका कारणले नगर प्रमुख भण्डारीले भत्सर्ना समेत गर्नुभयो । कार्यक्रममा इनरुवा १ स्थित सहिद गेटमा रहेको सहिदको शालिकमा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उप–प्रमुख बिनिता कुमारी मेहता, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अर्चाय, प्रहरी उपरीक्षक बिपिन रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक लोकेस तुम्वहाम्फे, इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, इनरुवा ५ का वडा अध्यक्ष अनिल पोखरेल, ६ का वडा अध्यक्ष सुमन थापा, बिभिन्न विद्यालयका शिक्षक, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]