०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

समुदायमा कांग्रेस, सुनसरीको १२४ वटै वडामा खटिए नेता र कार्यकर्ता

Logo
नमो संवाददाता प्रकाशित बुधबार, माघ १७, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । नेपाली कांग्रेस सुनसरीले जिल्लाका १२४ वटै वडामा पार्टी प्रतिनिधि खटाएको छ । कांग्रेस बैठकले जिल्लाको १२४ वटै वडामा प्रतिनिधि खटाएको जनाएको हो ।

पार्टीको केन्द्रीय परिपत्रअनुसार समुदायमा कांग्रेस अभियान कार्यक्रमका लागि जिल्लाको सबै वडामा प्रतिनिधि खटाइएको पार्टीका जिल्ला सचिव एवम् प्रवक्ता वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो ।

केन्द्रीय कार्य समितिले जिल्लामा पठाइएको केन्द्रीय प्रतिनिधि प्रदीपकुमार सुनुवारसहितको उपस्थितिमा भएको छलफल कार्यक्रमबाट सबै वडाका लागि प्रतिनिधि खटाइएको उहाँले जानकारी दिनुभयो ।

गएको प्रतिनिधिले वडा तहमा रहेको जनताको समस्या, समाधानको उपाय, पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधि र पार्टीका कार्यकर्ताबिचमा रहेका मतभेद, कृषि, शिक्षा, स्वास्थ्य, सिँचाइलगायतका समस्या समाधानका लागि पहल गर्ने पार्टीका जिल्ला प्रवक्ता साहले जानकारी दिनुभयो ।

कार्यक्रम पार्टीका जिल्ला सभापति केदार भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय प्रतिनिधि सुनुवारसहित पार्टीका नगेशचन्द्र राई, पङ्कज महतो, सञ्जय श्रेष्ठ, सिताराम मेहता, राजन मेहता, सुदिप अधिकारी, युवराज दाहाल, विभिन्न पालिकाका सभापतिलगायतको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]