०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

विपन्न बिद्यार्थीको लागि विद्यालयमै गएर न्यानो कपडा वितरण गर्दै वडाध्यक्ष गुरुङ्ग 

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, माघ २३, २०८०

तस्विर : नमो अनलाईन

बर्जु । सुनसरीको बर्जु गाउँपालिका वडा नं. १ ले वडाका विपन्न परिवारका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडाले विपन्न परिवारका बिद्यार्थीहरु अध्यनरत रहेको सामुदायिक बिद्यालयमा गएर जाडोमा लगाउने स्विटर वितरण गरेको हो ।

वडाध्यक्ष दिलबहादुर गुरुङ्गले वडामा रहेका श्री लक्ष्मी आधारभूत विद्यालय बर्जु, बुग्डहरी र श्री दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत रहेको विपन्न परिवारका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको बताए । उनका अनुसार ECD मा अध्ययनरत ५५ जना तथा कक्षा १ मा अध्ययनरत रहेको बिद्यार्थीहरुलाई स्विटर वितरण गरिएको हो ।

वडा नं. १ का सामुदायिक बिद्यालयहरुमा विपन्न परिवारका बिद्यार्थीहरुको संख्या धेरै छ । वडाले अति विपन्न परिवारका बिद्यार्थीलाई छनोट गरी सामुदायिक विद्यालयमा गएर वितरण गरिएको उनले बताए । आगामी दिनमा समेत आफुले शिक्षा क्षेत्रको सर्वाङ्गीण विकासको लागि विभिन्न योजनाहरु ल्याउन लागेको जानकारी दिनुभयो भयो।

न्यानो लुगा वितरणको सुरुवात वडा अन्तर्गतको सामुदायिक विद्यालय दुर्गा माध्यमिक विद्यालयबाट गरिएको वडा सचिव मिलन खतिवडाले बताए । वडाको वार्षिक कार्यक्रम अन्तर्गत न्यानो लुगा वितरण गरिएको जानकारी दिए ।

यता दुर्गा माध्यमिक विद्यालयका प्रअ कनचन मण्डले वडाअध्यक्षले गरेको कामको प्रसंसा गर्दै खुसी व्यक्त गरेकी छिन् । न्यानो लुगा वितरणले विद्यार्थीहरुमा उत्साह थपिएको बताइन् ।

त्यस्तै लक्ष्मी अधारभुत विद्धालयका प्रअ इन्दिरा फुयालले यस्ता कार्यक्रमले बिद्यार्थीको मनोवलमा सकारात्मक प्रभाव पार्ने बताइन् ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]