०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

विहेको अन्तिम तयारी चलिरहँदा कुशाहाकी रञ्जुको अर्नाको आक्रमणमा मृत्यू

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, माघ २३, २०८०

तस्विर : नमो अनलाईन

भाण्टावारी । कोशी गाउँपालीका वडा नम्बर ३ पश्चिम कुशाहा कि एक युवतीको विवाहको अन्तिम तयारी चलिरहँदा अर्नाको आक्रमणमा परी ज्यान गएको छ ।

कोशी टप्पु बन्यजन्तु आरक्षको संरक्षित क्षेत्रबाट बस्तीमा पसेको अर्नाको आक्रमणबाट स्थानीय २०÷२२ वर्षकी रञ्जुकुमारी मुखियाको अर्नाको आक्रमणमा परी ज्यान गएको हो ।

शनिबारका दिन अन्दाजी २÷३ बजे दिउँसोको समयमा कोशी टप्पुको संरक्षित क्षेत्रबाट बाहिर निस्किएको अर्नाले आफ्नै घर नजिकको आरक्षको मध्यवर्ती क्षेत्रमा रहेको पटेर घारीमा पटेर काट्दै गरेकी रञ्जुमाथि आक्रमण गरेको थियो । रञ्जुमाथि अर्नाले पछाडिबाट निस्किएर आक्रमण गरेको र उनको शब स्थानीयहरुले अर्नाको आक्रमणपछि मृत्यू भएको दुई घण्टापछि फेला परेको थियो ।

उनी कोशी टप्पु क्षेत्रमा माछा मारेर जीविकोपार्जन गर्ने मलाह समुदायका अगुवा गुलाबी मुखियाकी छोरी हुन । मृतक रञ्जुको सोमबारको लागि विवाहको कुरा छिनिएको थियो । घर परिवारमा रञ्जुको विवाहको समारोहको अन्तिम तयारीमा परिवारका सदस्यहरु ब्यस्त थिए । उनी पनि विवाहकै तयारीका लागि पटेर काट्न घर नजिकैको पटेर घारीमा गएको परिवारले जनाएको छ । तर विवाहको तयारीकै क्रममा रहेकी रञ्जुको शब बोकेर अन्तिम संस्कार गर्नुपर्दा परिवारका सदस्यसहित स्थानीयहरु शोकमा डुबेका छन ।

मृतक रञ्जुको निधनप्रति स्थानीयहरुले गहिरो शोक ब्यक्त गर्दै उनको अन्तिम दाह संस्कारमा स्थानीय राजनीतिक र नागरिक अगुवाहरुको सहभागिता रहेको थियो । दाह संस्कार कार्यक्रमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं।४ का महासमिति सदस्य तथा कोशी प्रदेश सभा सदस्य सदानन्द मण्डल,नेपाली कांग्रेस कोशी गाउँपालीका सभापति तथा कोशी गाउँपालीका वडा नम्बर ३ का वडा अध्यक्ष सुलेमान मन्सुरी,कोशी टप्पु लर्निङ्ग ग्राउन्ड संस्थाका अध्यक्ष राजकुमार सिंह लगायतका स्थानीय अगुवाहरुको सहभागिता थियो ।

कोशी टप्पु बन्य जन्तु आरक्षमा संरक्षित बन्य जन्तुको आक्रमणबाट मध्यवर्ती क्षेत्रमा बर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ । आरक्षमा रहेको अर्ना र जंगली हात्तीसँगै बदेलहरु आहारको खोजीमा मध्यवर्ती क्षेत्रका बस्तीहरुमा पसेर मानिसहरुमाथि आक्रमण गर्नुका साथै उनीहरुले लगाएको बालिनालीहरुमा क्षति पु¥याउने गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]