०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

दुहबी ८ का ३ सय ६६ जनालाई निस्सा वितरण

Logo
अजित झा प्रकाशित मंगलबार, फाल्गुण ०१, २०८०

तस्विर : फाईल

इनरुवा । सुनसरीको दुहबी नगरपालिका–८ का ३ सय ६६ जनालाई निस्सा वितरण गरिएको छ ।

भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई एक कार्यक्रमका बीच नाप नक्साको निस्सा बितरण गरिएको दुहबी ८ का अध्यक्ष तारिकचन्द सरदारले बताउनु भयो ।

दुहबी–८ मा रहेका अव्यवस्थित बसोबासी ३७ जना, भुमिहिन दलित १३५ जना र भुमिहिन सुकुम्बासी १९४ जना गरि जम्मा ३६६ जनालाई निस्सा बितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

हरेक सुकुम्बासीले अन्य नागरिक जस्तै समान अधिकार र अस्तित्व पाउनुपर्ने र सुकुम्बासिका सन्तान सुकुम्बासि नहुन भने उदेश्यका साथ पहिचानका आधारमा निस्सा बितरण गरिएको दुहबी नगरपालिकाका प्रमुख बेद गच्छादारले बताउनुभयो ।

नगरपालिका क्षेत्र भित्र ऐलानी पर्ती जग्गा पहिचान गरी सुकुमासीलाई दिर्घकालिन व्यावस्थापन गरिने उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]