०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

सुनसरीको छुट्टा छुट्टै स्थानबाट पक्राउ परेको नक्कली नोट र गाँजा कारेबार बिच कनेक्सनको आशंका

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, फाल्गुण ०३, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका ४ बाट अहिलेसम्मकै ठुलो परिमाण बरामद गरेको नेपाली नक्कली नोटसँग गाँजा कारोबार गर्नेको कनेक्सन रहेको आशंकामा प्रहरीले छानबिन थालेको छ ।

सुनसरी जिल्लामा एक हप्ताको समय भित्र विभिन्न स्थानबाट ठुलो परिणाममा गाँजासहित मानिस पक्राउ पर्नु र इनरुवाबाट एक साथ ठुलो परिणाममा नक्कली नोट पक्राउ परेको घटनाले गाँजा कनेक्सनको खोजीमा प्रहरी जुटेको हो ।

कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन भएको गाँजा तराई ट्रान्जिट हुँदै सीमापारी भारत निकासी हुने गरेको छ । पहाडको गाँजा तराई हुँदै भारतसम्म पुर्याउन उत्पादक, त्यसका कारोबारीसँगै भारतीय नागरिक समेत संलग्न रहेको आरोपमा पक्राउ पर्ने गरेका छन् ।

शनिबार र आइतबार सुनसरीमा दुईवटा घटनाको संयोग परेको छ । शनिबार सुनसरीको ईनरुवा नगरपालिका–४ बाट १ करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोटसहित एकजना भारतीय नागरिकलाई पक्राउ पक्राउ गरेका थिए।

त्यस्तै धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टबाट १४९ किलो गाँजासहित १४ जना आइतबार पक्राउ परेका थिए । गाँजासहित पक्राउ पर्नेमा भारतीय नागरिक छन् । पहाडी क्षेत्रमा उत्पादन गाँजा तराई झारेर सीमा कटाउने गिरोह कोशीमा सक्रिय रहेको तथ्यांकले नै पुष्टि गर्दछ ।

मंगलबार बिहान १ः०५ बजे बराहक्षेत्र–९ राजाबासमा टाटा सुमो गाडीमा ४०६ केजी गाँजासहित दुईजनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले पक्राउ गरेको छ ।

गाँजासहित धरान–४ का २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी–८ का २७ वर्षीय नारायणबहादुर राईलाई गाँजासहित भाग्न खोज्दा दुई राउन्ड गोली चलाएर नियन्त्रणमा लिइएको हो । विशेष सूचनाको आधारमा प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको टाटा सुमो गाडीमा प्लास्टिकको बोरामा प्याक गरेको १३ बोरा गाँजा बरामद गरिएको छ ।

कोशीका प्रहरी नायवमहानिरीक्षक चन्द्रकुवेर खापुङले सुनसरीमा आइतबार पक्राउ गरिएको नक्कली नोटसँग गाँजा कारोबारको संभावनाका बारेमा अनुसन्धान प्रारम्भिक चरणमा रहेकोले अहिले नै स्थापित भईनसकेको बताए । प्रहरी नायवमहानिरीक्षक खापुङले यो संभावना नकार्न नसकिने भएकोले अनुसन्धान सुक्ष्म तवरले गरिने जानकारी दिएका छन् ।

प्रहरी नायवमहानिरीक्षक खापुङले नक्कली नोट लिएर आएको गाडी र गाँजा बोकेर आएको गाडीबीचको कनेक्सन, दुवै गाडीमा सवारबीचको कुराकानी र सम्बन्धको विषयमा अनुसन्धान गरिने बताए । उनले अनुसन्धानको प्रारम्भकै यो कुरा स्थापित भईनसकेपनि नकार्न नसकिने संभावना रहेको बताए ।
कोशीमा गाँजा कारोबारी पक्राउको फेहरिस्त दैनिक जोडिदै गएको छ । धरानबाट आइतबार १४९ किलो गाँजासहित पक्राउ परेका १४ जना धनकुटाबाट धरानतर्फ आउँदै गरेका थिए ।

उनीहरु बीआर १० पी ९१५४ र एमपी १७ टीए ०५१२ नम्बर गाडीमा सवार थिए । चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको थियो । गाँजा ओसारपसारमा सक्रिय भारतको बिहारका ३१ वर्षीय मनोरन्जन मुइमार, ३९ वर्षीया गोपी मण्डल, २३ वर्षीय सञ्जयकुमार मण्डल, ३५ वर्षीया रेखा देवी पक्राउ परेका छन् ।
यसैगरी अन्य ३५ वर्षीया रिकंीदेवी, ३५ वर्षीया दया मण्डल, ३७ वर्षीय राजेश मण्डल, ४० वर्षीया पुनम देवी र २४ वर्षीया गुडिया देवी छन् ।

गाँजा ओसारपसारमा बीआर १० एजे ४४८६ नम्बरको कार चालक भारतको बिहारका २३ वर्षीय सन्तोष साह, कारमा सवार २३ वर्षीय अंकितकुमार यादव, राजा जैसवाल, शिवम सिंह र सत्यम यादवको पनि संलग्नता खुलेपछि पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले भारतको बिहार राज्य बिरपपुर–५ का २२ बर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई शनिबार पक्राउ गरेर आइतबार नै सार्वजानिक गरेको छ ।

उनले भारतीय गाडीमा नक्कली नेपाली नोट लिएर आउने क्रममा चेकजाँचका क्रममा पक्राउ परेका थिए । बीआर ११ एक्स ३४२९ नम्बर गाडीका चालक साफी विरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]