०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

मेयर साम्पाङ माथि जातीय, धार्मिक तथा सांस्कृतिक एकतामा खलल पुर्याएको आरोप

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, फाल्गुण ०४, २०८०

तस्विर : नमो अनलाईन

बिराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो फेसबुकबाट अरूलाई मनपरी उपशब्द प्रयोग गरी गालीगलौज गर्ने तर, ‘आफू अनुकूलको विचार व्यक्त नगर्नेहरूलाई कार्यकक्षमा बोलाई बन्धक बनाएको र ‘धरान छोडेर जा’ भन्ने उर्दी जारी गरेको घट्नाप्रति आपत्ति जनाउँदै धरानका ९ वटा राजनीतिक दलहरूले आज बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै सचेत गराएका छन् ।

‘पछिल्लो समय सामाजिक सञ्जालमा आफ्नो धारणा राखेकै आधारमा पटक-पटक गरी धरानका आधा दर्जन भन्दा धेरै जनताहरूलाई कार्यकक्षमा बोलाई बन्धक बनाएर ‘धरान छोडेर जा’ भन्ने उर्दी जारी गरेको’ वक्तव्यमा उल्लेख छ ।

कानुन विपरीत कार्य भएको भए उसलाई कारबाही गर्ने सम्बन्धित निकाय छ । तर मेयर साम्पाङले आफू नै सबै थोक भएको भन्दै कर्मचारीप्रति गर्ने व्यवहारबाट अभिव्यक्ति स्वतन्त्रता तथा मानव अधिकार माथि नाङ्गो हस्तक्षेप भई सबैलाई लज्जित बनाएको, वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा मेयर हर्क साम्पाङले आफै जातीय, धार्मिक तथा सांस्कृतिक एकता खलल पुग्ने गरी दिदैं आएका अभिव्यक्तिले समेत हामी र हाम्रो समाजलाई विभाजित गर्न खोजको, आरोप लगाइएको छ ।

भनिएको छ ‘सदियौँ देखी जातीय, धार्मिक, सांस्कृतिक एकता कायम गरेर नमुना सहरको रूपमा स्थापित धरानमा मेयर सम्पाङले यसरी जातीय, धार्मिक तथा सांस्कृतिक एकतामाथि खलल पुर्याएको छ ।’

उनले आफू अनुकूल नभएका प्रश्नहरूको जवाफ दिन नसक्ने र प्रश्न गर्नेलाई सार्वजनिक बेइज्जत गर्ने, आफ्ना अगुवा पछुवा लगाएर धम्की दिने तथा अश्लील गाली गर्न लगाउने जस्ता घट्नाहरु भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको वक्तव्यमा उल्लेख छ ।

जनताको प्रतिनिधिले आफ्ना काम, कर्तव्य र अधिकार राम्रोसँग अध्ययन गर्न र संविधानले ग्यारेन्टी गरेका विषयमा धावा नबोल्न समेत नगर प्रमुख हर्क साम्पाङलाई सचेत गराउन चाहन्छौँ भनी वक्तव्यमा चेतावनी दिइएको छ ।

संयुक्त वक्तव्यमा नेपाली काँग्रेसका सभापति श्याम पोख्रेल, नेकपा एमालेका कावा अध्यक्ष पारस काङमाङ राई, नेकपा माओवादी केन्द्रका अध्यक्ष मनोज भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बु, नेकपा एसका अध्यक्ष रेवतीरमण राई, रास्वपाका सभापति सुमन श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टी धरान इन्चार्ज देउमान मेन्याङबो, राप्रपा नेपालका संयोजक नरेश शाक्य, सलोराम लिम्बुवानका अध्यक्ष मोहन तिगेलाले हस्ताक्षर गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]