०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

मोरङमा बोक्सी भन्दै महिलालाई कुटपिट एवं मलमूत्र खुवाएर यातना दिएको आरोपमा एक जना पक्राउ

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, फाल्गुण ०४, २०८०

तस्विर : नमो अनलाईन

विराटनगर । मोरङमा बोक्सी भन्दै एक जना महिलालाई कुटपिट एवं मलमूत्र खुवाएर यातना दिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका-७ की पारो माझी छन्।

उनले छिमेकी समेत रहेकी महिलालाई बिहीबार यातना दिएर अमानवीय व्यवहार गरेको पाइएको हो। घटना बिहीबार दिउँसो साढे २ बजेतिरको हो।

पारोले आफूलाई झाँक्री/तान्त्रिकको रूपमा चिनाउँछिन्। उनको घरमा पूजा लगाइएको थियो। पूजा लगाउनेक्रममा दियो हराएको निहुँमा यातना दिइएको डिएसपी दाहालले बताए।

‘पूजामा भएको दियो हराएको भन्ने रहेछ। हराएपछि उहाँले आफ्नो तन्त्रमन्त्र गर्नुभयो। त्यसपछि छिमेकी महिलाले लुकाएको भन्दै बोक्सी भन्दै यातना दिन थाल्नुभएको रहेछ,’ उनले भने, ‘यसरी मलमूत्र समेत खुवाइएको रहेछ।’

यसबारे साँझ साढे ५ बजेतिर प्रहरीलाई खबर भएको थियो। उक्त खबरपछि प्रहरीले पारोलाई पक्राउ गरेको हो।

अहिले उनीमाथि जिल्ला अदालत मोरङबाट म्याद थप गर्ने तयारी भइरहेको डिएसपी दाहालले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]