०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

नाला निर्माण र सडकको मर्मत सम्भार भएपछि ईनरुवाका स्थानीयवासीलाई सहज

Logo
अजित झा प्रकाशित मंगलबार, फाल्गुण १५, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा २ घर भई इनरुवा १ मा भाडाको घरमा बस्दै आउनु भएका मनोजकुमार मेहतालाई घर अगाडि पानी निकासीका लागि ढल(नाला) नहुदा समस्या हुदै आएको थियो ।

बर्षाका बेलामा पानी पदर्था बाटोमा पानी जमनुका साथै सडकको पानी बाहिर निकासी नहुदा निकै समस्या रहेको थियो । पानीका लागि ढल निकास(नाला) नहुदा घरबाट निस्कने पानी कहाँ बगाउने बिषय दैनिकी समस्याको रुपमा रहदै आएको थियो । नाला नभएका कारणले घरको पानी अर्काको जग्गामा बगाउदा दैनिक झग्डा हुने समस्याले समेत सताइरहेको थियो । तर पछिल्लो समय इनरुवा नगरपालिकाले नाला निर्माणसंगै बाटो समेत मर्मत सम्भार गरेपछि स्थानीयवासी खुसी भएका छन् ।

इनरुवा नगरपालिकाले चालु आर्थिक बर्षमा इनरुवा १ स्थित इनरुवा इङ्गलिस बोर्डिङ्ग स्कुल देखि पश्चिम जानेबाटोमा दुवै तर्फ नाला निर्माण गर्नुका साथै बाटोलाई समेत मर्मत सम्भार गरेपछि स्थानीयवासीलाई आवतजावत गर्नका लागि सहज भएको छ ।

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख बिनिताकुमारी मेहता, इनरुवा १ का वडा अध्यक्ष प्रमोद पोखरेल र वडा सदस्य प्रदिप ढकाल लगायतको सहयोगमा नाला निर्माणको कार्य गर्नुका साथै बाटोमा मर्मत सम्भार गरेपछि तत्कालका लागि राहत भएको स्थानीयवासीको भनाई रहेको छ ।

नगरपालिकाले चालु आर्थिक बर्षमा टेण्डर मार्फत विबस कन्ट्रक्सन इनरुवा ५ बलाहासंग ८ लाख ९० हजार ८५८ रुपैयाँ ८९ पैशामा सम्झौता गरेर नाला निर्माण गर्नुका साथै सडक मर्मत सम्भारको कार्य गरेको इनरुवा नगरपालिकाका इन्जीनियर उमेश्वर मेहताले जानकारी दिनुभयो ।

नाला र सडक मर्मतको कार्य भएपछि स्थानीयलाई आवतजावत गर्नका लागि सहजता हुनुका साथै घरको पानी निकासाका लागि समेत सहुलियत भएको स्थानीयवासीको भनाई रहेको छ । इनरुवा नगरक्षेत्रमा देखिएको समस्यालाई सम्बोधन गर्ने क्रममा इनरुवा १ स्थित इनरुवा इङ्गलिस बोर्डिङ्ग स्कुल देखि पश्चिम जानेबाटोमा दुवै तर्फ नाला निर्माण गर्नुका साथै सडक मर्मत सम्भावरको कार्य गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।

पछिल्लो समय इनरुवा नगरपालिकाले विकास निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको इनरुवा नगरपालिकाकी उपप्रमुख बिनिता मेहताले बताउनुभयो ।

नगर क्षेत्र भित्रमा नागरिकले नाला, सडक लगायतका कारणले भोग्दै आएको समस्यालाई न्युनिकरण गर्ने उदेश्यका साथ विकास निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य भइरहेको इनरुवा नगरपालिकाका प्रमुख भण्डारीको भनाई रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]