०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

आशा लघुवित्तको बित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

Logo
ब्रहमदेव मेहता प्रकाशित शनिबार, चैत्र ०३, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । कोशी प्रदेश अन्तर्गत सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ४ मा अवस्थीत आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय हरिनगरले १ दिने वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।

हरिनगर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष देवनारायण मेहता प्रमुख अतिथि रहेको उत्त कार्यक्रममा संस्थाकी सदस्य सुसिला देवी झा सभा अध्यक्षको रुपमा रहेको थियो ।

उक्त कार्यक्रममा विभिन्न केन्द्रहरुबाट केन्द्र प्रमुख, उप प्रमुख, सदस्य र अविभावक गरि जम्मा ७० जनाको उपस्थिति संगै , शाखाको सबै कर्मचारी तथा केन्द्रीय कार्यालयबाट अनुगमन तथा असुली अधिकृत नन्दु महतो तथा कार्यक्रम सँयोजक ध्रुवनारायण यादव लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी लघुवित्त कर्जा, बचत, विमा, विप्रेशन सम्बन्धि व्यवसाय दर्ता, व्यवसायको योजना, कर्जा सदुपयोगिता, वित्तीय व्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गरिएको थियो ।

आशा लघुवित्त वित्तीय संस्थाले समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला ब्यापारी, कृषकहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उदेश्यले यस्ता कार्यक्रम गरिएको र आगामि दिनमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै जाने हरिनगरा शाखाको शाखा प्रमुख ध्रुवनारायण यादवले जानकारी दिनु भयो ।

उक्त कार्यक्रममा अनुगमन तथा असुली अधिकृत नन्दु महतोले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

हरिनगराको बाबा वासुकी नाथ मन्दिरको सभाहलमा सम्पन्न भएको उत्त कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथि तथा उत्कृष्ठ केन्द्र , उत्कृष्ठ बचत कर्ता तथा उत्कृष्ठ ऋणिहरुलाई प्रसंशा पत्र, खादा, माला र मायाको चिनो प्रदान गरी सम्मान समेत गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]