०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

नेपाल भारत सिमा क्षेत्रमा बसोवास गर्नेहरुको जीवन उकास्नु पर्नेमा अध्यक्ष अन्सारीको जोड

Logo
नमो संवाददाता प्रकाशित सोमबार, चैत्र १९, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । सुनसरीका हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले भारतको सिमा सँग जोडिएका सिमाबासीहरुको जीवन स्तर दयनीय रहेकाले उनीहरुको जीवन स्तर उकास्नका लागि पालिका सुरक्षा निकाय सँग सहकार्य गर्न तयार रहेको बताउनु भएको छ ।

सिमाबासी सँग सशस्त्र प्रहरी कार्यक्रम अन्र्तगत क्षमता अभिबृद्धि तालिम (केशकर्तक) को उदघाटन समारोहमा हरिनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले सो कुरा बताउनु भएको हो । वहाँले नेपाल भारतको दुवै तिर सशस्त्र प्रहरी बलहरु नरहेका बेला त्यही सिमा नाका क्षेत्रका जनताहरुले सिमा अतिक्रमण रोकेको थियो । उनीहरुको जीवन स्तरमा खासै परिवर्तन हुन नसकेको हुँदा उनीहरुको जीवनस्तर उकास्नका लागि सरोकारवालहरु सँग हरिनगर गाउँपालिका सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

त्यसका लागि अगामी बजेटमा रकम विनियोजन गरिने समेत जानकारी दिनु भएको थियो । उत्त कार्यक्रमका प्रमुख अतिथि सिमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले नेपालको भारत र चीनसँगको सिमाबासीहरुलाई शान्ति सुरक्षा , सिमा सुरक्षा र अवैध कारोबार , राजस्व छलीबाट राज्यलाई पर्ने असर र जोखिम बारे सचेतना अभिबृद्धि गर्नुका साथै सिमाक्षेत्रका बेरोजगार युवाहरुलाई विभिन्न किसिमका क्षमता अभिबृद्धि तालिमहरु दिएर आत्मनिर्भर बनाउने सशस्त्र प्रहरी संगठनको मुल उदेश्य रहेको बताउनु भएको थियो ।

सो अवसरमा कोशी प्रदेश १ नं. बराह बाहिनी मुख्यालय सुनसरीका प्रमुख , ४ नंं गणका प्रमुख , निमित प्रमुख जिल्ला अधिकारी लगायत स्थानीय सुरक्षापोष्टका इन्चार्जहरु ,जनप्रतिनिधिहरु , राजनिति दलका प्रतिनिधिहरु ,पत्रकारहरु समेतको उपस्थिति रहेको थियो । उत्त कार्यक्रममा सिमावर्ती क्षेत्रका ३० जनालाई १५ दिने कपाल कटाई तालिमको उदघाटन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]