०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

काङग्रेसका केन्द्रिय सदस्य राजिव कोइरालाले गरे आगलागी भएको क्षेत्रको निरीक्षण

Logo
अजित झा प्रकाशित मंगलबार, चैत्र २०, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । नेपाली काङग्रेसका केन्द्रिय सदस्य राजिव कोइरालाले सोमबार कोसी गाउँपालिकामा भएको आगलागी पीडितको अवस्थाको बिषयमा निरीक्षण गर्नुभएको छ ।

आइतबार कोसी –३ नहर चौकमा आगलागीमा परेर ठुलो धनजनको क्षति भएको बिषयमा केन्द्रिय सदस्य कोइरालाले निरीक्षण गर्नुभएको हो ।

आगलागीमा भएको धनजनको क्षति, आगलागीको कसरी भएको हो, आगलागी भएपछि पीडित परिवारको अवस्था, घाईते भएका चौपयाको अवस्था, उपचारको प्रक्रिया लगायतको बिषयमा जानकारी लिनुभएको हो ।

निरीक्षणका क्रममा पशु चिकित्सक डाक्टर मोहन सिंहले आगलागीमा घाइते पशु चौपायाको बिषयमा जानकारी गराउनुहुदै उपचार गर्ने कार्य भइरहेको जानकारी दिनुभयो । सोही क्रममा नेपाली काङग्रेस सुनसरीका सभापति एवम् इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले समेत आगलागी भएको क्षेत्रको निरीक्षण गर्नुहुदै पीडित परिवाको अवस्थाको बिषयमा जानकारी लिनुभएको थियो । निरीक्षण पछि पीडित परिवारलाई जाडै राहतका लागि सम्बन्धीत निकायमा पहल गर्ने नेताद्धयले अश्वासन दिनुभयो । नेता कोइरालाले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनका लागि नेपाल रेडक्रसोसाइटी सुनसरीलाई आग्रह गर्नुभयो । आइतबार भएको आगलागीमा ५० लाख भन्दा बढीको क्षति भएको छ ।

स्थानीय कादिर मियाँको घरबाट विद्युत सर्ट भई आगलागी हुँदा मियाँका साथै उहाँको बुबा महम्मद अन्सारी र दाई अबुल कलाम, छिमेकी रशिद अन्सारी, इरफान अन्सारी, समला बानो अन्सारी, आरिफ अन्सारी, इस्माइल अन्सारी, समिउल्लाह अन्सारी र जैनुदिन अन्सारीको गरी फुस र टिनको घरका साथै भान्सा घर र गोठालो गरी १८÷२० घर जलेर नष्ट हुदा सो बरावरको क्षति भएको हो ।

आगलागीमा नगद सहित, धान, गहुँ, चामल, गरगहना, लत्ताकपडा, चौपाया गरी अन्दाजी ५०÷५५ लाखको क्षति भएको स्थानीयवासीको भनाई रहेको छ । अग्नी पीडित परिवारलाई बिभिन्न निकायले राहत उपलब्ध गराउदै आएको स्थानीयवासीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]