०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

कोशी प्रदेश सभा सदस्य भण्डारीद्वारा मेहताको निधनप्रति श्रद्धाञ्जली व्यक्त

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, चैत्र २०, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

देवानगञ्ज । नेकपा एमाले सुनसरी जिल्ला पार्टी अध्यक्ष तथा कोशी प्रदेश सभा सदस्य रेवतिरमन भण्डारीले सुनसरीको दक्षिणि भेगमा पार्टीको संस्थापकका रुपमा रहेका महादेव मेताको निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बुधबार साँझको समयमा ७० वर्षको उमेरमा निधन भएका मेहताको मंगलबार अन्तिम संस्कारको क्रममा श्रद्धाञ्जली अर्पण गर्दै प्रदेश सभा सदस्य भण्डारीले शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् ।

प्रदेश सभा सदस्य भण्डारीले भने “साविका कप्तानगञ्ज गाविसका नेकपा एमालेका संस्थापक, याहाँका पार्टी जन्माउने एउटा महत्वपुर्ण व्यत्ति, यहाँका नेता स्वर्गीय महादेव मेहताको हिजो जुन स्वार्गरोहण हुनुभयो, उहाँको स्वार्गरोहणले सुनसरीका सबै नेता कार्यकर्तालाई चिन्तित बनाएको छ । यसमा पनि खासगरी साविक कप्तानगञ्ज गाविका पार्टी संस्थापक नेता गुमाउँदा हामी दुखी छौँ । उहाँको पार्टी प्रतिको लगावको सम्मान व्यत्त गर्दै परिवाजन प्रति समेत उच्चसम्मान व्यत्त गर्दछु ।” उहाँले गरेको असल कामहरुको अनुसरण गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत व्यत्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]