०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

कुनै पनि किसिमको सभा, सम्मेलन गर्न मोरङमा रोक

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, बैशाख ०६, २०८१

तस्विर : नमो अनलाईन

विराटनगर । मोरङमा सभा, सम्मेलन गर्न रोक प्रशासनले रोक लगाएको छ ।

विराटनगर १५ र १७ नम्बर वडामा बुधबार दुई समूहको झडप भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै भेला र सम्मेलन गर्न रोक लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहद्धारा जारी सूचनामा भनिएको छ, ‘जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न आज मिति २०८१।०१।०६ गते बिहान १०:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङसँग समन्वय नगरी राजनैतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधि लगायत सबै प्रकारको र्‍याली, भेला, प्रदर्शन कार्यक्रम नगर्न र नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]