०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

विव्यस महासंघद्धारा पत्रकारलाई सम्मान

Logo
जयकृष्ण यादव प्रकाशित आइतबार, जेठ १३, २०८१

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरीको कोशी गाउँपालिकामा सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ कोशी समितिले गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई सम्मान गरेको छ । सामुदायिक विद्यालयको शिक्षा सुधारका पक्षमा कलम चलाउदै आउनुभएको भन्दै यादवलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ कोशीका अध्यक्ष सुलेमान मंसुरीले यादवको शिक्षा क्षेत्रमा दशकौ देखी योगदान प्रसशां योग्य भएकाले उहाँको उच्च मूल्याकन गर्दै महासंघले सम्मान गरेको जानकारी दिनुभयो ।

यसैबीच शुक्रबार मात्रै महासंघका निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । सामुदायिक विधालय व्यवस्थापन समिति महासंघ कोशीका अध्यक्ष सुलेमान मंसुरी सहित १५ जना निर्वाचित पदाधिकारीहरुले प्रमाण पत्र सहित पदभार ग्रहण गरेको अवसरमा यादवलाई सम्मान गरिएको हो । निर्वाचन समितिका संयोजक वेदराज अधिकारी र प्रमुख अथिति एवम् कोशीका अध्यक्ष ऐयुव अंसारीले पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

महासंघका कोशी उपाध्यक्ष मुसा अंसारी, सचिवमा राजकुमार यादव, सहसचिव श्याम सदा र कोषाध्यक्षमा निर्मलादेवी सरदार तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । त्यसैगरी सदस्य महेन्द्र यादव, समसुल अंसारी, समसुल मंसुरी, जोगिन्द्र उराँव, रामपृत मण्डल, बसिर मंसुरी, मुतुर्जा मंसुरी, श्याम सिंह, कासिम मंसुरी, सरितादेवी राउत सहितलाई प्रमाण पत्र वितरण गरिएको निर्वाचन मण्डल संयोजक वेदराज अधिकारीले जानकारी दिनुभयो । कोशी प्रदेश सभा सदस्य सदानन्द मण्डल, महासंघका इनरुवा अध्यक्ष जयकृष्ण यादव, कोशीका उपाध्यक्ष अनिता यादव, प्रमुख प्रशासकिय अधिकृत दामोदर दाहाल सहितको उपस्थितीमा प्रमाण पत्र वितरण गरेको थियो । महासंघले शैक्षिक सुधारका प्रयास र शैक्षिक वातावरण बारेमा काम गर्दै आएको जनाएको छ । सामुदायिक विधालय व्यवस्थापन समिति महासंघले हामी सुधार्छौ हाम्रो विद्यालय नाराका साथ अनुगमन गरेको महासंघका कोशी अध्यक्ष सुलेमान मंसुरीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]