०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

आज जेठ १९ गते शनिबारको तपाईको राशिफल

Logo
नमो अनलाईन प्रकाशित बुधबार, बैशाख १९, २०८१

आज मिति वि.सं.२०८१ जेठ १९ गते शनिबार ई.सं.२०२४ जून ०१ नेपाल सम्बत ११४४ बछलागा नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण नवमी, चन्द्रमा मीन राशिमा पूर्वभाद्र नक्षत्र, प्रीति योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:०८ बजे भयो भने सूर्यास्त साँझ ०६:५५ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कर्मबल बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ, तर आजको दिन पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डा हुनसक्ने योग छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ । मातापिताका बारेमा चिन्ता बढ्ला । विश्वासपात्रले नै धोका दिन सक्छन् । यात्रामा भने सफलता प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन् । एक्लोपनाको अनुभूति होला । सामाजिक प्रतिष्ठामा कमी आउनुका साथै काममा विलम्ब र चुनौतीको सामना गर्नुपर्ला । पारिवारिक असमझदारी र बन्धुबान्धवसँग मनमुटाव बढ्ने योग छ । प्रतिकुलताका बाबजुद शुभ कामको भावना वृद्धि हुनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दौडधुप बढ्नेछ । समय चुनौतीयुक्त रहला । पारिवारिक समस्याहरू देखापर्नेछन् भने साझेदारीमा पनि विवाद पैदा हुन सक्छ । दाम्पत्य सम्बन्धमा चिसोपन आउला । तथापि, रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमित कर्ममा केही परिश्रम बढ्ला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अतिरिक्त आम्दानी बढ्ने समय छ । विशेषतः विद्यार्थीहरूका लागि अनुकूल समय छ । रोकिएका काम बन्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ । दामपत्य सुख बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय खासै अनुकल नरहन सक्छ रपनि नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिएला । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्ने योग छ । आफन्तजनसँग ठाकठुक पर्न सक्छ, सचेत रहनुहोला । स्वास्थ्यप्रति पनि विशेष सचेत रहनु हितकर होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय अनुकूल देखिएपनि स्वास्थ्यमा बाधा अनि काममा झमेला पर्न सक्ने दिन छ । आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । आजको दिन झुटा आरोप आइलाग्न सक्छन्, सचेत भइ व्यवहार गर्नुहोला । सहयोगीजनसमेत प्रतिस्पर्धामा उत्रिन सक्छन् । व्यवसायमा भने उन्नति नै हुनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता वृद्धि हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्तिको लाभ हुने योग छ । विदेशयात्राको प्रयसमा हुनुहुन्छ भने कार्य सरलताका साथ अघि बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पराक्रम बढ्नेछ । विश्वासमा पारेर धोका दिनेहरूले सताउन सक्छन् रपनि रोकिएका काम बन्न थाल्ने समय छ । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । सोच्ने शक्ति वृद्धि होला । कुरा काट्नेले प्रशंसा गर्न थाल्नेछन् । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार–व्यवसाय विस्तार होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्ला । समयले साथ दिनेछ । मान महत्व वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक प्रतिष्ठा बढ्ने र मानसम्मान पाइने समय छ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि पनि विशेष उपलब्धिमूलक समय छ । सहयोगीको साथ राम्रै पाइनेछ । रसरागमाआकर्षण बढ्नेछ । यात्रामा सफलता हात पर्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । बुद्धि–विवेकको उपयोग गर्न नसकिएला । सन्तान पक्षबाट चाहिँ सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । आरोग्यता वृद्धि हुनेछ । सामर्थ्य विकसित होला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । मानसम्मान पनि पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउने छन् । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आयबल बढ्नेछ । आयआर्जनका स्रोत भेटिनेछन् तर बिनाकारण अनेक चुनौतीको सामना गर्नुपर्ला । व्यवसायमा सोचेभन्दा बढी नै सफलता मिल्ने योग छ । विभिन्न अवसरले पछ्याउनेछन् । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानसुख प्राप्त हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]