०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

इनरुवामा गुरुदक्षिणा समर्पण उत्सव कार्यक्रम

Logo
नमो संवाददाता प्रकाशित आइतबार, साउन १३, २०८१

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा भव्यताका साथ गुरुदक्षिणा समर्पण उत्सव कार्यक्रम सम्पन्न भएको छ । आफ्नो धर्म संस्कृती परम्परा अनी रितीथितीको संरक्षण गरौं, परधर्मीहरुको लहैलहैमा लागेर आफ्नो सनातनी परम्परा नमासौं भन्दौ धर्म रक्षाको लागि काम गर्दै आएको हिन्दु स्वयंसेवक संघ नेपालले सदरमुकाम इनरुवामा गुरुदक्षिणा समर्पण उत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा संघका जिल्ला संघचालक राजकुमार मेहताले सबैले आ आफ्नो ठाउँबाट आआफ्नो धर्म संस्कृति र संस्कारको रक्षाका लागि लाग्नुपर्ने बताउनुभयो । सयौंको संख्यामा रहेका संघ कार्यकर्ताहरुले स्वेक्षाले सहयोग गर्दै आफ्नो ठाउँबाट योगदान गर्ने र आफ्नो संस्कृति, संस्कार र धर्म संरक्षण गर्दै अगाडि बढ्ने र अरुले हस्तक्षेप गरेको खण्डमा त्यसको प्रतिबाद गर्ने समेत प्रतिवद्धताका साथ गुरुदक्षिणा समर्पण उत्सव कार्यक्रम सम्पन्न गरेको छ । गुरुदक्षिणा समर्पण उत्सव कार्यक्रमममा वत्ताहरुले सम्बोधन गर्दै आफ्नो धर्मको रक्षा गर्न सवै एक जुट हुनुपर्नेमा जोड दिनुभएको थियो । यस्तै कार्यक्रममा स्वयंसेवक दिलिप साहले आफ्नो धर्म संस्कृतिको रक्षाको लागि सबै आफै उठनुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा स्वयंसेवक संघका स्वयंसेवक श्रवण यादवले आफूहरुले हाम्रो संस्कार जोगाउन नसकेको खण्डमा भावी पुस्ताले हामीलाई धिक्कार्ने बताउनुभयो । यस्तै उहाँले कसैको प्रलोभनमा लाग्दै आफ्नो रिती परम्परा त्याग्नु भनेको मातृ भूमीमाथी गरिएको गद्दारी समेत भएको बताउनुभयो । हिन्दु स्वयंसेवक संघले प्रत्यक बर्ष गुरु दक्षिणा कार्यक्रम गुरु पूर्णिमा देखि एक महिनासम्म गर्दै आएको छ । गुरु दक्षिणाबाट उठेको रकमबाट नै देशभर संस्कृति संरक्षणका काम हुँदै आएको जनाएको छ । स्यंसेवक संघका जिल्ला सहचालक मनोज कुमार यादव, सुकदेव मेहता, रघुनन्दन मेहता सहितको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]