०४ जेठ २०८२, शनिबार
17-05-2025 , Sat
×

धरान उपमहानगरपालिकाका नगर प्रहरीका असई सुरेश पक्राउ

Logo
नमो संवाददाता प्रकाशित आइतबार, साउन २७, २०८१

विराटनगर । कोशी प्रदेश सरकारको बजेटबाट धरान वडा १३ अमर बस्ती (क) खहरेमा लगाएको ग्याबिन जाली भत्काएको घटनामा संलग्न रहेको आरोपमा धरान उपमहानगरपालिका नगर प्रहरीका असई सुरेश मग्रातीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई आइतबार बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीका सादा पोसाकका प्रहरीले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीले बताए । असई मग्रातिलाई पक्राउ गरी इनरुवा चलान गरिएको प्रवक्ता भण्डारीले बताए ।

नगर प्रमुख हर्क साम्पाङको निर्देशनमा नगर प्रहरीका असई सुरेश मग्रातीको कमाण्डमा नगर प्रहरीको टोलीले धरान-१३ अमरबतीको ग्याबिन जाली भत्काएका थिए ।

मग्रातीलाई सादा पोशाकमा खटिएको प्रहरीले शुक्रवार नै पक्राउ गर्न उपमहानगरपालिका कार्यालय परिसरमा पुगेको थियो । प्रमुख साम्पाङले आफै आइतबार असई मग्रातिलाई लिएर जिल्ला प्रहरी कार्यालय इनरुवामा बुझाउने शर्तमा छोडिएको थियो ।

सार्वजनिक सम्पत्ति ग्याबिङ भत्काएकोमा बुधवार साँझ धरान १३ का ४३ वर्षीया भारती राई, ३५ वर्षीया राज कुमार राई र ३० वर्षीया पारु राईलाई पक्राउ परेका थिए । पक्राउ पर्ने ३ नै जनालाई आपराधिक उपद्रव मुद्दा चलाइएको प्रवक्ता भण्डारीले बताए।

प्रदेश सरकारको बजेटमा निर्माण गरिएको ग्याबिङ जाली तोडफोड भएपछि उपभोक्ता समितिले वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा घटनाको छानबिन गरी कारबाहीको माग गर्दै निवेदन दिएका थिए । वडा कार्यालयले पनि उक्त घटनाको छानबिन गरेर कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थियो ।

उपभोक्ता समितिमार्फत प्रदेश सरकारको २० लाख बजेटबाट खहरे खोलाको पूर्वतर्फ ग्याबिङ जाली लगाइएको थियो । तर, हाल पक्राउ परेका स्थानीय भारती राईले खहरेको बिचमा लगाएको भन्दै मेयर हर्क साम्पाङलाई मौखिक उजुरी गरेपछि मेयर साम्पाङले डोजर लगेर भत्काइदिन नगर प्रहरीलाई निर्देशन दिएका थिए ।
नगर प्रहरी डोजर लिएर वडा १३ पुग्दा वडाध्यक्ष नेत्र काफ्ले र स्थानीयले विरोध जनाएपछि नगर प्रहरी फर्किएको थियो । केही दिनपछि भने नगर प्रमुख साम्पाङले साँझको बेला नगर प्रहरी पठाएर उक्त ग्याबिङ जाली भत्काइदिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]