०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

कोशी गाउँपालिकाबाट लागू औषध सहित ७ जना पक्राउ

Logo
ब्रहमदेव मेहता प्रकाशित आइतबार, भाद्र ०२, २०८१

तस्विर : नमो अनलाईन

हरिनगर । लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट र ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुत्त प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिकाबाट लागु औषधसहित ७ जनालाई पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा शनिवार बिभिन्न समयमा कोशी गाउँपालिका १ लौकही बजारमा आएका मोटरसाइकल एवम् स्कुटरमा शंका लागी ईलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी अधिकृतको संयुक्त टोलीले उक्त सवारी रोकी चेक जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६.९३ ग्राम परिमाणमा फेला पारी सवारी चालक सहित सवारी साधनहरु नियन्त्रणमा लिई अनुसन्धान गरी रहेको प्रहरीले जानाएका छन् ।

पक्राउ पर्नेमा सुनसरी स्थित बराक्षेत्र नगरपालिका वडा नं. ९ बस्ने बर्ष ४५ को दिल बहादुर राई, सोही ठाउँ बस्ने बर्ष ४१ को नबिन कोइराला, त्यस्तै बराहक्षेत्र नगरपालिका वडा नं. ३ बस्ने बर्ष ३६ को ओम बहादुर कार्की, ईटहरी उप महानगरपालिका वडा नं. ४ बस्ने बर्ष २२ को शिवनाथ ठाकुर, सोही ठाउ बस्ने बर्ष २४ को रुपेश विश्वकर्मा, उदयपुर स्थित बेलका नगरपालिका वडा नं. ९ बस्ने कनक बहादुर खतिवडा, ईनरुवा नगरपालिका वडा नं. २ बस्ने बर्ष १९ को लकेन्द्र मण्डल रेहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सुचना अधिकारी डिएसपी नविण कृष्ण भण्डारीले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]