०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

मुस्लिम इत्तेहाद सुनसरीको अध्यक्षमा तुफेल अहमद सर्वसहमत

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, भाद्र १८, २०८१

इनरुवा । मुस्लिम इत्तेहाद सङ्गठन सुनसरीको चौथो जिल्ला अधिवेशनले तुफेल अहमद अन्सारीलाई सर्वसम्मति गरी अध्यक्षमा निर्वाचित गरेको छ ।
सुनसरी इत्तेहादकाे उपाध्यक्षमा माे. एजाजुल (गढी), सचिवमा आकिब हुसेन (इटहरी), उपसचिव द्वयमा सफालुद्दिन मिया(भाेक्राहा) र मुस्ताक आलम(दुहबी)लाई निर्वाचित गरेको छ । अधिवेशनले २५ जना सदस्यसमेत निर्वाचित गरेको सङ्गठन सुनसरी जिल्ला इन्चार्ज अफाक अहमदले जनकारी दिए ।

इत्तेहाद सङ्गठनका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकीकाे प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले सुनसरी एमाले जिल्ला इन्चार्ज तथा पूर्व मन्त्री जगदीशप्रसाद कुसियत, पार्टी केन्द्रीय सदस्य तथा इत्तेहादका महासचिव त‌ैयब हुसेन, एमाले नेता तथा पूर्वमन्त्री जाकिर हुसैन र प्रदेश सदस्यद्वय लश्करी अन्सारी, आबिद हुसेन र इत्तेहाद जिल्ला इन्चार्ज अफाक अहमदकाे विशेष पहलमा आइतबार साँझ अबेरसम्म सहमति कायम गरिएको हाे ।

नेपाल मुस्लिम इत्तेहाद सङ्गठन नेकपा एमालेको भातृसंगठन हाे । २०४८ सालमा नजिर मियाँको अध्यक्षतामा यसको स्थापना भएको थियो । यो नेपालमा पहिलो अर्द्ध राजनीतिक सङ्गठन समेत भएको अहमदले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]