०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

लिखित कसुरमा वडा अध्यक्ष यादव प्रहरी नियन्त्रणमा, निर्दोष सावित गर्न देवानगञ्जका जनप्रतिनिधि सक्रिय

Logo
नमो संवाददात प्रकाशित बिहिबार, भाद्र २७, २०८१

तस्विर : नमो अनलाइन

देवानगञ्ज । लिखित कसुर गरेको आरोपमा पक्राउ परेका सुनसरीको देवानगञ्ज–७ का वडा अध्यक्ष सुर्यनारायण यादबलाई बिहिबार सार्वजनीक गरेको छ ।

लिखित कसुर गरेको अधारमा वडा अध्यक्ष यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ नियन्त्रणमा लिएर बिहिबार सार्वजनीक गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

स्थानीय सिताराम यादवले आफ्नै छोरा राम यादवको २०६५ साल जेठ १५ गते मृत्यु भएको भनी तत्कालीन गाविसको कार्यालयमा गएर झुट्टो विवरण पेस गरेका थिए । त्यसबेला गाविसको कार्यालयका कर्मचारीले मृत्यु दर्ता प्रमाण पत्र बनाएर जिल्ला अदालत सुनसरीमा निवेदन साथ लगत कट्टाका लागि मृत्यु दर्ता प्रमाण पत्र समेत पेस गरेका थिए ।

देवानगञ्ज–७ नम्वर वडा कार्यालय, सुनसरीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन सम्बन्धी कसूरमा सर्जमिन हुँदा वडाध्यक्ष सूर्यनारायण यादव समेतका व्यक्तिले सितारामको छोरा राम यादवको मृत्यु भई सकेको सर्जमिन गरेका थिए ।

राम यादवको मृत्यु भएको भनेर अदालतबाट तोकिएको १० (दश) वर्षको कैदको लगत कट्टा गराउने चेष्टा गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

राम भन्ने रमानन्द यादव जवरजस्ती करणी र डाँका मुद्दामा पक्राउ परेर कारागारमा कैद भुक्तान गरिरहेका थिए । जिल्ला अदालत सुनसरीले राम भने रमानन्द यादवलाई २०७९ असार २९ गते १० वर्ष कैद हुने ठहर गरेको थियो ।

उहाँको विरुद्धमा २०६५ सालमै अदालतमा मुद्दा दर्ता भएको थियो । सितारामले गरेको लिखत सम्बन्धी कसूरमा कारबाही गरी पाउँ भनी भोलानन्द यादवको जाहेरी परेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीमा उजुरी परोको अधारमा अनुशन्धान गर्ने क्रममा राम भन्ने रामानन्द मेहताको सनाखत गराउँदा सिताराम यादवकै छोरा भएको प्रमाणित भएको थियो ।
सितारामका तीन जना छोरा छन् । जेठो छोरा राम यादव, माईलो महानन्द यादव र कान्छो बेदानन्द यादव हुन् । राम यादवको वास्तविक नामथर रामानन्द यादव नै रहेको प्रमाणित भएपछि सरकारी काजगात किर्ते गरेको थाहा भएको थियो ।

वडाध्यक्ष यादव जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित भएका थिए । यसैबीच वडा अध्यक्षलाई पक्राउ गरेपछि देवानगञ्ज गाउँपालिकाका निर्वाचित जनप्रतिनीधि सक्रिय भएका छन् ।

वडा अध्यक्षहरुले सामुहिक रुपमा पक्राउ परेका वडाअध्यक्षको बचाउ र निर्दोष रहेको बिषयमा जानकारी दिने उदेश्यले पत्रकार सम्मेलनको आयोजना गर्ने भनि बोलाएको र पछि आफू पनि फसिन सक्ने कारणले कुनै वडा अध्यक्षले केही नबोली संचारकर्मीहरुलाई फर्काएको कार्यक्रममा सहभागी सञ्चारकर्मीले बताए ।

वडामा मृत्यु दर्ता, जन्मदर्ता, बिबाह दर्ता लगायतको कार्य गर्नका लागि वडा सचिबलाई जिम्मेवारी दिएको हुन्छ । वडा सचिबले यो कार्य नगर्नका लागि वडा अध्यक्ष सुर्यनारायण यादबलाई पटक–पटक अग्रह गर्दा समेत नमानेका थिए ।

वडा अध्यक्षले लिखित गर्ने भएपछि वडा सचिब आफु साईड लागेका थिए । पक्राउ परेका वडा अध्यक्ष यादवको बिषयमा थप अनुशन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]