०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

रामजानकी मन्दिर परिसरमा नवनिर्मित समुदायक भवनको उद्घाटन सम्पन्न

Logo
जुगेस दास प्रकाशित शुक्रबार, मंसिर २१, २०८१

तस्विर : नमो अनलाइन

देवानगञ्ज। सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ६ ठाकुरबारी चौक जिराेगुवामा अवस्थित श्री रामजानकी मन्दिरमा नवनिर्मित समुदायक भवनको उद्घाटन सम्पन्न भएको छ।

विवाहपञ्चमीको अवसर पारेर एक कार्यक्रमको आयोजना गर्दै उक्त सामुदायिक भवनको उद्घाटन कोशी प्रदेश सभा सदस्य तथा पूर्व कृषि राज्यमन्त्री रामप्रसाद मेहताले गरेका थिए।

कोशी प्रदेश अन्तरगतको शहरी विकास कार्यालय विराटनगरको ३५ लाख लागतमा भवन निर्माण गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहताले समुदायिक भवन निर्माण भए पछि मन्दिरको विकासले गति लिने बताए। आगामी दिनमा मन्दिरको थप विकासका लागि प्रदेश र संघबाट आवश्यक बजेट उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले निर्माण समितिका अध्यक्ष तथा स्थानीयवासीलाई यस भवन निर्माण कार्यलाई सफलतापूर्वक सम्पन्न गरेकाेमा धन्यवाद समेत दिएका थिए।

विशिष्ट अतिथि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहताले समुदायक भवन निर्माणले मन्दिरमा आउने भक्तजनहरूलाई बस्न सहज हुने, विविन्न धार्मिक कृयाकलाप गर्न सहज हुने साथै आगन्तुक भक्तजनको संख्यामा वृद्धि हुनेमा आफु विश्वस्त रहेको बताए। उनले आगामी आर्थिक बर्षमा बजेट छुट्याएर मन्दिर परिसरमा विवाहमण्डप निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

त्यस्तै वडा अध्यक्ष हरिनन्दन मेहताले समुदायिक भवनले धार्मिक गतिविधि तथा सामाजिक कार्यक्रमहरुको आयोजना गर्न सहज हुने बताउँदै भवन निर्माणमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरे।

सामुदायिक भवन निर्माण समितिका अध्यक्ष शिवनारायण मेहताले मन्दिरलाई विद्युतीय ढोलक प्रदान गरेका थिए।

उक्त कार्यक्रममा देवानगञ्ज गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष जगन्नारायण मेहता, नेकपा एमाले देवानगञ्जका पार्टी अध्यक्ष आलम अन्सारी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद मण्डल, महानन्द मण्डल, र अन्य स्थानीय नेता तथा सामाजिक अगुवाहरूको समेत उपस्थिति रहेकाे थियो।

भवनको निर्माणले स्थानियहरु उत्साहित भएका छन्। सानो तिनो कार्यक्रम गर्न, १० जना भेला हुने कुनै सार्वजनिक ठाउँ न हुंदा निकै अप्ठ्यारो भईरहेको थियो अव ति समस्याको समाधान भएको स्थानियहरूले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]