०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

उपयुक्त कृषि सहकारीको ९ औं साधारण सभा सम्पन

Logo
ब्रहमदेव मेहता प्रकाशित शनिबार, पुष १३, २०८१

ब्रहमदेव मेहता

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ ।

हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो।

सभामा संस्थाका अध्यक्ष सहदेव मण्डलले सञ्चालक समितिको तर्फबाट आर्थिक बर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आव २०८१/०८२ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए। जम्मा २१७ जना बचत कर्ता रहेको संस्थाको आर्थिक वर्ष २०८०/०८१ मा सेयर पुँजीतर्फ १६ लाख उनन्चालिस हजार रूपैयाँ कायम हुन गएको उल्लेख गरिएको थियो ।

संस्थाको जम्मा कारोबार १ करोड २८ लाख ९४ हजार ४ सय ५५ रुपैया रहेकोमा संस्थाले बचततर्फ ९५ लाख ६० हजार ४ सय ९५ रुपैया संकलन गरेको छ भने ऋण लगानी तर्फ संस्थाले १ करोड ६ लाख ३३ हजार ८ सय ८४ रुपैया लगानी गरेको छ।

सहकारीहरुको हरिविजोग भई रहेको वेला उपयुक्त सहकारी संस्था लिमिटेडले एउटा नमुना सहकारी बन्ने तर्फ अग्रसर रहेको कार्यक्रममा बोल्दै वक्ताहरुले बता

एका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]