०५ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

कर्माधर्मा पर्वको अवसरमा वराहक्षेत्रमा शुक्रवार सार्वजनिक बिदा

Logo
ब्रहमदेव मेहता प्रकाशित बिहिबार, आश्विन ११, २०८०

हरिनगर । सुनसरीको वराहक्षेत्र नगरपालिकाले भोलि शुक्रवार आदिवासी जनजाति उराँव जातिको महान् पर्व करम पूजा कर्माधर्मा को अवसरमा स्थानिय बिदा दिएको छ ।

नगरपालिकाको वडा नं ६,८,९,१० र ११ मा उराँव जातिहरूको बसोबास रहेको र उक्त जातिको महान् पर्व करम पूजा कर्माधर्मा को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै स्थानिय बिदा दिने निर्णय गरेको नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्लले जानकारी गराएका छन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्लका अनुसार वराहक्षेत्र नगरपालिकाको सार्वजनिक बिदा घोषणा सम्बन्धी कार्यविधि २०७६ को दफा ३ (१०) बमोजिम स्थानिय बिदा दिइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]

हरिनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ३ स्थित मुख्य सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा एक सिटी सफारी गाडीबाट लुकाइछिपाई लगिरहेको अवस्थामा लागुऔषध गाँजा सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। घट्नामा संलग्न अमिन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, हरिनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो तिर १- ०२- ०० ४ ह १६४३ […]

देवानगञ्ज। कोशी प्रदेश स्थित सुनसरीको देवानगञ्ज गाउँपालिका बाट लागु औषध गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेको छ। बुधबार दिउँसो इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख प्रहरी निरिक्षक कमल विष्टको कमान्डमा खटिएको गस्ती टोलीले लागु औषध गाँजा सहित ३ जना पक्राऊ परेको हो। देवानगञ्ज गाउँपालिका वडा नं. २ यादव टोल स्थित भित्री सडक खण्डमा हरिनगरबाट […]