०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

सुनसरीका एक युवा नक्कली भारतीय नोटसहित विराटनगरबाट पक्राउ

Logo
नमो अनलाईन प्रकाशित सोमबार, आश्विन १५, २०८०

हरिनगर । नक्कली भारतीय नोटसहित सुनसरीका एक युवा शनिबार मोरङ विराटनगर महानगरपालिका–६ बाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी हरिनगर गाउँपालिका–६ का ३४ वर्षीय ईशान अन्सारी रहेका छन् । भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी पैसा तिर्ने क्रममा उनले दिएको भारतीय नोट नक्कली भएको शङ्का लागेपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय विराटनगरको टोलीले उनको साथबाट दुई सय दरका २० वटा र पाँच सय दरका सातवटा गरी कुल ७ हजार पाँच सय भारतीय नक्कली नोट बरामद गर्न सफल भएको छ ।

उनले प्रयोग गरेको बा १६ च ७६१३ नम्बरको कारसहित नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीमाथि मुद्रासम्बन्धी कसूरमा मोरङ जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै झापाको बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी होटल एन्ड लजबाट ब्राउनसुगरसहित दुईजनालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिका–४ का २१ वर्षीय उत्तम दर्जी र इलाम सूर्योदय नगरपालिका–२ की २० वर्षीया सन्ध्या विश्वकर्मालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट एक ग्राम नौ सय मिलिग्राम ब्राउनसुगर र पाँच हजार ५ सय रुपैयाँ नगद र तीन थान मोबाइल बरामद गरिएको छ । उनीहरू दुवैलाई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर अनुसन्धान सुरु गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इनरुवा। देवानगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारीता गर्दै आएका नमो अनलाइन डटकमका सहकर्मी जुगेश दास र नेपाल प्रहरीमा कार्यरत अरुन मेहता विच उत्पन्न विवादमा सहमतिमा टुंगिएको छ। केही दिन अगाडी देवानगञ्ज गाउँपालिकाका वडा नं. १ मध्यहर्षाही (पुर्व गाउँपालिका अध्यक्ष स्व. लालि प्रसाद मेहता) को घर अगाडिको सडक अवरोध गरी बिच सडकमै मकै दौनि गरिरहेको भिडियो रिपोर्ट नमो […]

विराटनगर । कोशी प्रदेश स्थित सुनसरी सिमावर्ती क्षेत्रमा अवस्थित देवानगञ्ज गाउँपालिका वडा नं. ४ पालटोलका भुमिहीन सुकुम्बासी परिवारलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउने उद्देश्यसहित खाली ऐलानी जग्गाको औपचारिक नापजाँच प्रक्रिया अगाडी बढाईएको छ। भुमि समस्या समाधान आयोग जिल्ला समिति सुनसरी र देवानगञ्ज गाउँपालिकाको सहकार्यमा सञ्चालनमा आएको यो योजनाले दशकौंदेखि राज्यको संरक्षणबिना बसोबास गर्दै आएका नागरिकलाई […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका- ७ कविलासा स्थित बसोबास गर्ने जियाउद्दिन अंसारीको घरभित्र पसेर मोबाईल चोरी गरेको आरोपमा एक युवक पक्राउ परेको छ। प्राप्त जानकारी अनुसार, गत बैशाख ८ गते राति अज्ञात व्यक्तिले अंसारीको घरभित्र पसेर दुई थान मोबाईल चोरी गरेका थिए। चोरी भएको मोबाईलमध्ये एक सेमसुङ र एक रेडमी ब्राण्डको रहेको छ। प्रहरीको सक्रियतामा […]